Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भिरवाट लडेर एक महिलाको मृत्यु, जीपको ठक्करवाट किशोरी घाईते

Published on 12:55:00 AM //


पि.एम.मगर
गुल्मी, भदौ १८ । गुल्मीको बलिथुम गाविसमा भिरवाट लडेर एक महिलाको ज्यान गएको छ। बलिथुम गाविस वार्ड नं. ९ निवासी करिव ३३ वर्षीया माया वुढाथोकीको रातोपार भन्ने भिरवाट लडेर मृत्यु भएको हो । सोमवार विहान घाँस काट्न निस्केकी वुढाथोकी विद्यालयवाट वच्चाहरु आएर लामो समयसम्म आमालाई खोज्दा समेत नभेटाएपछि छिमेकीलाई खवर गरेका थिए । विहान घाँस काट्न गएको भन्ने खवर पाएपछि रातोपार खर्‍यान क्षेत्रमा खोजतलास गर्ने क्रममा सोमवार वेलुकी तिर मात्र मृत अवस्थामा फेला पारेका थिए । वार्ड नं. ९ मा पर्ने उक्त भिरवाट लडेर करिव २ सय मिटर तल बलिथुम मोटरवाटो नजिकै ढुङ्गामा अडिएको अवस्थामा भेटिएको स्थानीयले जानकारी दिएका छन् ।
जीपको ठक्करवाट गुल्मीको सदरमुकाम तमघासमा एक किशोरी घाईते भएकी छिन् । लु १ ज १ ९५४ नं. को जीपको ठक्करवाट तमघास गाविस वार्ड नं. ३ निवासी १७ वर्षीया सिता थापा घाईते भएकी छिन । तमघासको उदिनढुङ्गा स्थित जीप पार्क नजिकै उक्त जीपले ठक्कर दिँदा थापाको टाउको, हात र खुट्टामा चोट लागेको छ। थापाको अहिले जिल्ला अस्पतालमा उपचार भईरहेको छ । जीप चालक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग