Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ग्वादिमा सार्वजनिक सुनुवाई सम्पन्न

Published on 2:54:00 AM //


अनिल खत्री
गुल्मी, असोज १० । खानेपानी सरसफाइ तथा उपभोक्क्ता महासंघ नेपाल जिल्ला शाखा गुल्मीको आयोजनामा सार्बजनिक सुनुवाइ कार्यक्रम गुल्मीको ग्वादी गाबिस सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मधुकृष्ण पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा खानेपानि तथा सरसफाइ डिबिजन कार्यलय गुल्मीका प्रमुख नारायण काफ्ले, लगायत बिभिन्न कार्यलयका कर्मचारी, बिभिन्न राजनितीक दलका प्रतिनिधी, गाबिस सचिव स्थानिय समाज सेवी लगायत स्थानिय वासी को उपस्थितीत्वमा कार्यक्रम समपन्न भएको थियो ।
कार्यक्रममा सहभागीहरुले खानेपानि र सरसफाइ क्षेत्रमा सहभागी आफना गुनासा राखेका थिए भने सम्बन्धीत कार्यलयबाट आफना कमी कम्जोरीलाइ सुधर गर्ने अगाडी बढने प्रतिबद्धता समेत ब्याक्त गरेका थिए । भेलाले २०६९ साल भरिमा ग्वादी गाबिस गुल्मीलाइ खुला दिसा मुक्त क्षेत्र घोषण गर्ने प्रतिबद्धता समेत ब्याक्त गरेको छ । साथै उक्त क्षेत्रमा पलाष्टीक जन्य बस्तुको प्रयोग सर्बजनिक क्षेत्रमा नगरी फोहोर महिला नगर्नको र आबश्यक ठाउ बनाइ फाल्नेको लागी संकल्प गरि सुनदर ग्वादीको घोषण गर्ने समेत पहल गरेको छ ।
ग्वादीको खानेपानी को अबस्था अध्यन गरि २०६९ माग भित्रमा प्रतिबेदन तयार गरेर अगाडी बढने र उक्क्त खानेपानीको संयोजन खानेपानि डिबिजन कार्यलय ग्वादीले गर्ने बताइएको छ । साथै गवदी गाबिसको लागी वर्षातको पानि संकलन गर्न ध्यान पुय्याउन सम्बन्धीत पक्षलाइ अनुराधे गर्ने निर्णय भएको छ । कार्यक्रम शाखाका सदस्य कर्ण बिकको स्वागत र सचिव बिस्नु पौडेलको संञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग