Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोफसलका पत्रकारहरुको समस्या चर्को

Published on 2:56:00 AM //


गगनशिला खड्का,
गुल्मी, असोज १० । केन्द्रमा बसेर पत्रकारीता गर्नेहरु भन्दा मोफसलमा बसेर पत्रकारीता गर्नेहरु समस्यामा रहेको एक तालिमका सहभागीहरुले बताएका छन । अमेरीकी राजदुताबासको आर्थिक सहयोग,नेपाल पत्रकार महासंघ गुल्मीको समन्वयमा राष्ट्रिय संचार विकास केन्द्र काठमान्डौँले सदरमुकाम तम्घासमा सञ्चालन गरेको तालिममा सहभागी पत्रकारहरुले यस्तो बताएका हुन । पाँच दिने विकास पत्रकारीता तालिमको समापन समारोहमा बोल्दै उनिहरुले मोफसलमा बसेर पत्रकारीता गर्दाका आर्थिक,सामाजिक र राजनैतिक चुनौतीका विषयमा जानकारी गराएका थिए । समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी अमेरीकन राजदुताबासका प्रबक्ता रोबर्ट डोमिनले राजनैतिक परिबर्तनका लागि नेपालको पत्रकारीताले खेलेको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले नेपाल लगाएत विश्वभरका पत्रकारहरुले समाजमा सकारात्मक परिवर्तनका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको भएपनि त्यसको खासै मुल्याङ्गन हुन नसकेको बताउनुभयो । डोमिनले पहिले भन्दा अहिलेका सञ्चार माध्यम र पत्रकारहरुको भुमिका झन् बढेर गएको बताउँदै पत्रकारहरुले आफुहरुलाई अझ क्षमतावान बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रीय संचार विकास केन्द्रका अध्यक्ष विष्णु पराजुली,अभियान दैनिकका समाचार संयोजक तथा तालिमका प्रशिक्षक प्रमोद प्रधान,नेपाल प्रेश युनियनका केन्दीय सदस्य जनार्दन घिमिरे,पत्रकार प्रेम सुनार र हुमा सुर्यवंशीले मन्तव्य व्यक्त गर्नुभएको थियो । यस्तै सञ्चारीका समुहका अञ्चल सदस्य गगनशिला खड्काले नेपालमा महिला पत्रकारहरुको बर्तमान अवस्था र चुनौतिका विषयमा बोल्नुभएको थियो । उहाँले नेपालमा महिला पत्रकारहरुले चाहेर पनि आफ्नो पेशालाई सुरक्षित र व्यवसायिक बनाउन नसकेको बताउनुभयो । खड्काले मोफसलमा महिला पत्रकारहरुको संख्यात्मक हिसाबले बृद्धी हुन नसकेको संकेत गर्दे जिल्लामा बसेर पत्रकारीता गर्ने महिला पत्रकारहरुले कठिन चुनौतीका बाबजुद काम गरिरहेको बताउनुभयो । उहाँले महिला पत्रकारहरुलाई पारीबारिक,सामाजिक,संस्थागत लगाएत आर्थिक,श्रोतसाधनको अभाब, जिम्मेवारी कम दिईनु,सहकर्मी बाटै शोषित हुनु,सामाजिक आलोजना खेप्नु जस्ता समस्या रहेका छन । गुल्मी,पाल्पा र कपिलबस्तु गरी २३ जना पत्रकारहरुको सहभागीता रहेको तालिम नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतमको सभापतीत्व र सचिब भरत पाण्डेयको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग