Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बुटवलमा खसीको भनेर बाख्रीको मासु विक्री गर्ने ८ पक्राउ

Published on 3:08:00 AM //



कृष्ण खनाल
बुटवल । बाख्रीको मासुलाई खसीको मासु भनेर विक्री गर्ने बुटवलका ८ जना मासु व्यवसायीलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । प्रहरीले उनीहरुको मासु पसलवाट बिक्रीको लागि तयारी अवस्थामा राखिएका १३ वटा बाख्रीको मासु समेत वरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलवाट खटिएको प्रहरी टोलीले मंगलबार विहान बुटवलका विभिन्न मासु पसलमा छापा मारी बाख्री काटिरहेको अवस्थामा ८ जना मासु ब्यवसायीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बुटवल -११ ईटाभट्टी स्थित सल्लु मासु पसलका समिश कुरैसि फिरोज खांन माहिला मासु पसलका अश्लाम कुरैसि छोटे खांन नबिन र राजु मस्लिम ताहिर मासु पसल बुटवल -८ का सम्साद खान र अग्रवाल मासु पसल बुटवल -४ का सनु अहमद रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बाख्रीको मासुलाई खसीको मासु भनेर खसीकै मूल्यमा विक्री गरी उनीहरुले गा्रहकलाई ठग्ने गरेको प्रहरीले जनाएको छ ।  माहिला मासु पसलका छोटे खांनले खसीको मुल्यमा बाख्रीको मासु बिक्री गरेको स्वीकार गर्दै यसरी मासु बिक्री गर्दा प्रतिकिलो पचास रुपैया फाईदा हुने प्रतिकृया दिए ।

मासु पसलवाट बरामद गरिएको बाख्रीको मासुलाई खाडलमा पुरेर नष्ट गरेको प्रहरीले जनाएको छ ।  इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दिपक थापाका अनुसार पक्राउ परेका आठै जना मासु ब्यवसायीलाई ठगी तथा कालाबजारी ऐन अन्तर्गत कारबाही अगाडि बढाइने छ ।

प्रहरीले सामाजिक विकृति र विसंगति नियन्त्रण अभियान अन्तर्गत साचालित अप्रेशन र संगठित अपराध तथा लागु औषध विरुद्धको अभियानलाई पनि कडाइका साथ लागु गरेको जनाएको छ ।
अर्घाखाँची डट कमबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग