Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गोर्खा सैनिकको सम्झनामा वेल्जियममा स्मारक बन्ने

Published on 3:27:00 AM //


बेल्जियम, असोज १० – प्रथम विश्व युद्धमा ज्यान गुमाएका गोर्खा सैनिकहरुको सम्झनामा बेल्जियमको इपर शहरमा गोर्खाली स्मारक बन्ने भएको छ । बेल्जियममा रहेको नेपाली दुतावास र एनआरएन बेल्जियमको पहलमा स्मारक बनाउन लागिएको हो ।

गएको वर्ष पूर्वराजदुत प्रमेशकुमार हमालले इपर शहरका मेयरसंग स्मारक बनाउने जग्गा प्रदान गर्न नेपाल सरकारको तर्फबाट पहल गर्नुभएको थियो । अहिले इपर शहरले स्मारक बनाउनको लागि जग्गा उपलब्ध गराएको छ ।

प्रथम विश्वयुद्धमा गोर्खा सैनिकहरुले बेल्जियमको इपर शहरमा आएर बेल्जियमलाई बचाउन गोर्खा राइफलको तर्फबाट लडाइँ लडेका थिए । अरु देशका सैनिकहरुसंगै उनीहरुलाई बेल्जियम सरकारले इपरको मेनेन गेटमा शिलालेख बनाइ ‘भारतीय गोर्खा राइफल’ नाम उल्लेख गरेको छ । शिलालेखमा गोर्खा सैनिकलाई भारतीय भनेतापनि यस सम्बन्धि काम गर्ने संस्था कमन वेल्थ ग्रेव कमिसनले आफनो वेवसाइटमा पनि उनीहरुको राष्ट्रियता भारतीय नै राखेको थियो ।

यस संबन्धि अध्ययन गर्न वेल्जियमको नेपाली दुतावास र एनआरएन वेल्जियमको पहलमा बनेको समितिले कमन वेल्थ ग्रेव कमिसन संस्थाका निर्देशक इयान हुसेनलाई भेटेर गोर्खा सैनिकहरुको राष्ट्रियता नभई कार्यरत देश भारत बनाउन आग्रह गरेको थियो । त्यसपछि भने कमिसनले विवरण सच्याएको छ । कमन वेल्थ ग्रेव कमिसनले युद्धमा ज्यान गुमाउने कमनवेल्थ राष्ट्रका सैनिहरुको चिहान लगायत तथ्याङ्कलाई सुरक्षित गर्ने काम गर्छ

भारत सरकारले यसअघि नै युद्धमा मारिएका आफ्ना सैनिकहरुको सम्झनामा स्मारक बनाइसकेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग