Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्रान्तिकारीको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा खरेल

Published on 6:24:00 AM //


प्रेम सुनार
गुल्मी, असोज ६ । अखिल क्रान्तिकारी गुल्मीको १६ औं जिल्ला सम्मेलन सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । शैक्षिक परिर्वतन र सुदृढ सगंठनका लागि १६ औं जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ तम्घास बालमन्दिर सभाहलमा सम्पन्न सम्मेलनको साँझ सम्म नेतृत्व कसमा जाने भन्ने अन्योल थियो ।
बिगतमा भन्दा लोकतान्त्रिक पद्धतीबाट नेतृत्व चयन गर्ने परिपाटी अनुसार सहमतीको लागि बसेको बैठकले दिब्रुङ घर भई रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्यनरत घनश्याम खरेललाई सर्वसहमत अध्यक्ष पदमा निर्वाचीत गरेको छ । खरेलको नेतृत्वमा ३१ सदस्यीय जिल्ला कार्य समिती गठन गरिएको छ । समितिको उपाध्यक्षमा धुर्कोट रजस्थल घर भई रेसुङ्गा क्याम्पसमै अध्यनरत दधिराम खनाल, सचिवमा भनभने घर भई सोही क्याम्पसमा अध्यनरत कमल पन्थी, सह–सचिवमा वस्तु घर भई परमानन्द भण्डारी धुर्कोट बहुमुखी क्याम्पसमा अध्यनरत नारायण पाण्डे र कोषाध्यक्षतामा रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्यनरत राजन घिमिरे सर्वसम्मत निर्वाचीत भएका छन् । त्यस्तै सदस्यहरुमा रामहरि ज्ञवाली, अशोक थापा, थम्मन नेपाली, बलाराम कार्कि लगायत रहेका छन् ।
सम्मेलनमा जिल्लाका ७९ ओटै गाविसमा रहेका मावि, उच्च मावि र क्याम्पसका बिद्यार्थी सहभागी थिए । सम्मेलनको अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तिलकराज भण्डारीले प्रमुख अतिथीको आसनबाट उद्घाटन गरेका थिए । भण्डारीले सो पार्टिको बिधानतः सपथ ग्रहण गराएका थिए । कार्यक्रमका बिशेष अतिथी एकिकृत नेकपा माओवादी गुल्मी जिल्ला सम्मेलन समितिका सयोंजक एवं पुर्व सभाषद सुर्दशन बरालले शैक्षिक परिवर्तनका लागि वर्तमान सम्म देखिएको शैक्षिक बिकृती अन्त्य गर्न अखिल क्रान्तिकारीले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । उनले बिगत जस्तो टिका लगाएर नेतृत्व दिने परिपाटीको अन्त्य भएको उल्लेख गर्दै लोकतान्त्रिक पद्धतीबाट आउनकालागि तलै देखि नेतृत्वको क्षमता प्रर्दशन गर्न सबै कार्यक्रतालाई निर्देशन दिएका थिए ।
सगंठनका पुर्व अध्यक्ष एवं केन्द्रिय सम्मेलन समितिका सदस्य यदु ज्ञवालीले सफलता पुर्वक आफ्नो कार्यकाल पुरा गरि नयाँ साथीहरुलाई नेतृत्व हस्तान्तरण गर्न पाएकोमा गौरवान्वित भएको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा पार्टिका १ नम्बर क्षेत्रिय सयोंजक युवराज केसी, २ नम्बर क्षेत्रिय सयोंजक अशोक थापा, ३ नम्बर क्षेत्रिय सयोंजक बुद्धि जिसी, शैक्षिक गणतान्त्रिक मञ्च गुल्मीका अध्यक्ष खुम बहादुर थापा, सो सगंठनका संस्थापक जिल्ला अध्यक्ष महेन्द्र बिसी लगाएतका नेताहरुले शुभकामना मन्तव्य दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष घनश्याम खरेलले आफ्नो काँधमा आएको जिम्मेवारी सशक्त रुपले निभाउँदै शैक्षिक आन्दोलनमा क्रान्तिकारी बिद्यार्थीहरुलाई कुशल नेतृत्व दिने प्रतिबद्धता जाहेर गरेका थिए । सम्मेलन आयोजक समितिका सयोंजक बाबुराम पन्थी र दिपक ज्ञवाली अध्यक्ष पदका प्रत्यासी रहँदै आएपनि अन्ततः सहमती जुटाउने क्रममा उनिहरुले पार्टि सगंठनमा रहने अभिरुची राखेपछी खरेल अध्यक्ष भएका हुन् । सम्मेलन आयोजक समिति सयोंजक पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दधिराम खनालको स्वागत मन्तव्य र दिपक ज्ञवालीको सञ्चालन रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग