Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलितलाई पुजा गर्न रोक्ने पुजारीले माफी मागे

Published on 8:31:00 AM //


प्रेम सुनार
गुल्मीको बडागाउँमा दलित महिलालई तिज व्रतको दिन मन्दिरमा पुजा गर्न रोक्ने पूजारिले सार्वजनिक रुपमा माफी मागेको खवर प्राप्त भएको छ ।
देवस्थानको शिवालय मन्दिरमा बडागाउँ–६ मैदानकी टिकाकुमारी सुनार लगाएतका दलितहरुलाई पुजा गर्नबाट रोक्ने बडागाउँ– ७ ठुलाचौरका पुजारी लिलाधर फुल्देलले माफी मागेको हुन् ।
नेकपा एमाले बडागाउँका अध्यक्ष एवं निर्वतमान गाविस अध्यक्ष कर्णद्धवज जि.सी.ले पुजारी फुलदेलले माफी मागेपछि मुद्धा गाउँमै मिलेको बताउनु भयो । “गा.वि.स. मै छलफल राखिएको थियो’ उहाँले भन्नु भयो, ‘फुल्देलले अव त्यस्तो कहिल्लै गर्ने छैन भनि सार्वजानिक रुपमै माफी माग्नु भयो ।”
दलित साझा मञ्च गुल्मीका सचिवालय सदस्य एर्व स्थानिय दलित अगुवा बुद्धकुमार सुनारले पनि पुजेरी लिलाधरले माफी मागेपछि एक पटकलाई ठिकै छ भनेर मुद्धा अगाडी नबढाई गाउँमै मिलाईएको बताउनु भयो ।
बडागाउँ र मुसिकोट गाविसको साझा कोट (दशै पुजा गर्ने मन्दिर) मा भने पटक पटक दलितहरुले प्रवेशको प्रयास गरे पनि उनिहरुलाई अझै प्रवेश अनुमती दिईएको छैन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग