Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका उत्कृष्ट कर्मचारी सम्मानित

Published on 4:35:00 AM //


प्रेम सुनार
भदौ–२२, गुल्मी । निजामति सेवा दिवस २०६९ भाद्र २२ को अवसरमा जिल्लाका विभिन्न सरकारी कार्यालयका कर्मचारीहरु उत्कृष्ट कार्य गरे वापत आज एक समारोहका विच सम्मानित भएका छन् । नराम्रो काम गर्नेलाई दण्डीत र राम्रा काम गर्नेहरुलाई सम्मानित गरिनु पर्छ भन्दै प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले आज सम्मान गरेका हुन् ।
सम्मानित हुनेहरुमा जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी ठाकुर प्रसाद ज्ञवाली, निर्वाचन कार्यालयका शाखा अधिकृत गणेशबहादुर खत्री, हुलाक कार्यालयका हुलाकी काँशीराम मरासिनी, घरेलुका लेखा अधिकृत नवराज गौतम, पशु सेवाका का.स.निर्मल खनाल, जि.वि.स. का नायव सुव्वाद्धयः धु्रवराज मरासीनी र हिमबहादुर कुंवर रहेका छन् ।
त्यस्तै सम्मानित हुनेहरुमा स्वास्थ्य कार्यालयका का. स. भोजप्रसाद पाण्डे, महिला विकासका का.स. नेत्रप्रसाद ज्ञवाली, प्राविधिक कार्यालयका सव ईन्जिनियर चन्द्रविर थापा, आयुर्वेदिकका का. स. भुमिराज उपाध्या, नापी शाखाका अमिन लुमबहादुर वस्नेत, वन कार्यालयका वन रक्षक प्रेमराज अर्याल, शिक्षाका वि.नि. प्रेमराज अर्याल,.खाने पानीका सिनियर प्लम्वर भरतलाल थापा, मालपोतका नायव सुव्वा यमकला पाण्डे, भ–संरक्षणका खरिदार जगनाथ पाण्डे, कृषि कार्यालयका का.स.छविलाल मरासिनी,कोलेनिकाका लेखापाल दधिराम मरासिनी र पशिचमाञ्चल सडक डिभिजनका का.स.पोमनारयण सुवेदी रहेका छन् ।
उनीहरुलाई जनही एक हजार नगद, प्रमाण पत्र र टिका अविरले प्रमुख जिल्ला अधिकारी नेपालले सम्मान गरेका थिए । सेवाग्राहीहरुलाई शिष्टतापुर्वक सेवा प्रदान गरेको, कार्यालय समयको पालना , अनुशासन र उत्तरदायित्ववोध भएको भन्दै कार्यालय प्रमुखहरुको छनौंटमा परेपछि सम्मान गरिएको जनाईको छ । निजामति सेवा दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारीले यस्तो परिपाटी वसाल्दा कर्मचारीहरुमा हौसला प्रदान हुने सहभागि वक्ताहरुको टिप्पणी थियो । सम्मान कार्यक्रममा कार्यांलय प्रमुख, राजनैतिकदलहरुको समेत सहभागिता थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग