Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा कृषि तीज गीत प्रतियोगिता, नेटाको समूह प्रथम

Published on 4:44:00 AM //

प्रेम सुनार
गुल्मी, भदौ २२ । निजामति दिवसको अवसरमा जिल्ला कृषि विकास कार्यालय गुल्मीले सदरमुकाम तमघासमा आयोजना गरेको कृषि तिजगीत प्रतियोगितामा १२ वटा समूहलाई पछाडि पार्दै नेटा गाविसको पारिश्रमिक कृषि सहकारी संस्था नेटाको समूह प्रथम भएको छ ।

सम्बन्धित समाचार: यस्तो रह्यो तम्घासको तीज गीत प्रतियोगीता (भिडियो र फोटोफिचर)

त्यस्तै रेसुङ्गा बहुउद्देश्य सहकारी संस्था अर्खले द्धितीय ,लेकबेसी आमा समूह तमघास तृतीय, र हरीयाली कृषक समूह पूर्कोट दहले सान्तवना पुरस्कार हात पारेको छ । विजयी समूहलाई क्रमश ६ हजार ,४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार र प्रमाणपत्रले सम्मानन गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल , वरिष्ठ कृषि विकास अधिकृत नरहरीप्रसाद घिमिरेले सम्मान गरेका थिए ।
प्रथम स्थान हासिल गर्ने पारिश्रमीक कृषि सहकारी संस्था नेटा गुल्मीको समूह सामूहिक
फोटो खिचाउँदै । तस्बिर: प्रेम सुनार
जिल्ला स्तरीय तिजगीत प्रतियोगितामा व्यवसायिक कृषिमा आधारित तिजगीत प्रस्तुत गरिएको थिाय । सो कार्यालयले व्यवसायिक र आधुनिक कृषि प्रचार प्रसारका लागि वर्षेनी कृर्षिमा आधारित तिजगीत प्रतियोगिता राख्दै आएको छ । पुरस्कारको प्रायोजन क्रमश कृषि विकास बैंक ,गुल्मी उद्योग बाणिज्य संघ, सादु एग्रोभेट एण्ड सप्लायर्स बलेटक्सार ४ लगाएतका व्यवसायिहरुले गरेका थिए । आफ्नो सस्थाले प्रथम पुरस्कार हात पारेकोमा सस्थाकी अध्यक्ष प्रतिमा के.सी. ले खुसी प्रकट गर्दै भनिन् “यो धेरै दिनको प्रयासको प्रतिफल हो ”।
तमघासको हाटबजार लाइनमा आयोजित तिजगीतले दिनभर नै तमघास बजार गुञ्जायमान पारेको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दल ,संघ संस्था, सरकारी कार्यालयका कर्मचारी सहित हजारौ सर्वसाधारणको सहभागिता थियो । वरिष्ठ कृषि विकास अधिकृत घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमा सो कार्यालयका सूचना अधिकृत मणिरत्न अर्यालले गरेका थिए ।




भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग