Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकार नेपाली मृत फेला, अनुसन्धान जारी

Published on 1:07:00 PM //


प्रेम सुनार
गुल्मी, भदौ २६ । संयोगः दुईहप्ता अघि तम्घास आएका उनले सत्रु लागे दाई भनेर यस समचारदातासंग भन्दै थिए । उनी तिन दिन पछि हराएर मंगलवार भिरदेखि तल मृत फेला परेको खवर प्राप्त हुँदा मनमा कुरा खेल्यो । स्थानिय समचार सहयोगी दुर्गाबहादुर घर्तिले दिएको जानकारी अनुसार २४ गते साँझदेखि हराएका उनी अर्थात मरभुङ्ग–१ निवासी ३० वर्षिय पत्रकार तथा दलीत समाज संघका अध्यक्ष चन्दन नेपाली भ्यागुते खोलाको भिर तल फेला परेका छन् । उनि रेडियो स्काईका प्रतिनिधी थिए ।
निमित्त जिल्ला प्रहरी प्रमुख जितेन्द्रकुमार बस्नेतले स्थानियवासी र सिमलटारीबाट खटिएको प्रहरीले खोजतलास गर्दै जाँदा तिन दिन पछि नेपालीलाई मंगलवार फेला परेको वताए । घटनास्थलको थप अनुसन्धानका लागि सई रामप्रसाद पाण्डेलाई पठाएको र अनुसन्धान भईरहेको जानकारी बस्नेतले दिए । पत्रकार नेपाली उक्त दिन साँझ साढे ८ वजेसम्म आफ्ना ५ दाजु भाई सहित स्थानिय हिरा पुरीको पसलमा वसेका थिए । २ भाई सुरुमै त्यहाँबाट घर हिँडेका थिए । साथमा रहेका २ भाईलाई तिजको राममा जाउँ मादल लिएर आउ भनेर घर पठाए ।
भाईहरु फर्कि आउँदा उनलाई देखेनन् । समचार लिन तत्काल जहाँ पनि जाने मान्छे कतै गए होलान भनेर भाईहरु हिँडे । २ दिन सम्म घर नआएपछि खोजी कार्य गरेका हुन । यतिबेला प्रहरीले घटना स्थलको अनुसन्धान गरिरहेका छ । मरभुङ्गका माथील्लो भाग असाध्धै भिर पहरामा छ । त्यहाँका दलितहरुका उनि होनाहार युवा र अगुवा नेता पनि थिए । रेडियोका सिफ्ट ईन्चार्ज विष्णु पौड्यालका अनुसार नेपाली गत वर्ष देखि त्यस क्षेत्रको रिपोर्टर थिए । नेपालीका २ छोरी र १ छोरा रहेका छन् । कतै रोजगार नपाएपछि नेपालीले श्रीमति कोपिला शिक्षक अनुमति प्राप्त हुँदाहुदै पनि उनलाई ३ वर्षदेखि स्थानिय विद्यालयमा जम्मा मासिक ५ सय तलवमा राख्नु परेको गुनासो गर्ने गरेका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग