Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँका वृद्ध–वृद्धा सम्मानित

Published on 2:39:00 AM //


प्रेम सुनार
गुल्मी भदौ १७ । गुल्मी दर्लाचौरको लक्षित समुदायको संयुक्त समितिले त्यस गाविसका वृद्ध–वृद्धाहरुलाई आज सम्मान गरेको छ । त्यस गाविसका ८० वर्ष माथिका ४२ जना वृद्ध–वृद्धाहरुलाई दोसल्ला ओढाएर समितिले सम्मान गरेको हो । गाविस सचिव नरबहादुर अर्यालको प्रमुख आथित्यतामा सम्पन्न सम्मान कार्यक्रममा विभिन्न बक्ताहरुले वृद्ध–वृद्धाहरुको सम्मानमा सबै जुट्नुपर्ने जोड दिएका थिए । कार्यक्रममा ठाडुङ्गा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयनाथ सापकोटा , एकिकृत नेकपा माओवादी दर्लामचौरका ईञ्चार्ज नरेन्द्र कुंवर , नेपाली काँग्रेसका सभापति पदमबहादुर कुंवर, एमालेका प्रतिनिधि युवराज खरेल , समितिका उपाध्यक्ष विष्णु नेपाली र समितिका सचिव श्रीप्रसाद घिमिरे लगाएतले मन्तव्य राखेका थिए । दर्लामचौर २ निवासी ९८ बर्षिया वृद्धा मनोरुपा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका अध्यक्ष रामबहादुर नेपालीको स्वागत मन्तव्य र शिक्षक विष्णु प्रसाद अर्यालको सञ्चालन रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग