Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्युतले नटेरेपछि सिडीओको आदेशमा ट्रान्स्फर्मर मर्मत

Published on 4:35:00 PM //


प्रेम सुनार
गुल्मी १३ असोज । विद्युत कार्यालयको बेवास्ताका कारण झण्डै एक महिनादेखि विद्युत अबरुद्ध भएपछि अँध्यारोमा बसेका गुल्मीको अस्लेवा र ठूलोलुम्पेकबासीले विग्रेको ट्रान्स्फर्मर मर्मत गर्न सिडीओ गुहारेका छन् ।
गत भदौ २३ गते अस्लेवा स्थित ११ केभीको ट्रान्सफर्मर विग्रेपछि स्थानिय उपभोक्ताले विद्युत प्राधिकरणको रीडि शाखामा मर्मतका लागी निवेदन गरेका थिए । सो शाखाले नेपाल विद्युत प्राधिकरण गुल्मी शाखामा जानुपर्ने सुझाव दिएपछि उपभोक्ताहरु विद्युत प्राधिकरणमा डेलीगेसन आएका थिए । डेलिगेसनका क्रममा विद्युत प्राधिकरण शाखा प्रमुख नवलकिशोर गोईतले २५ केभीको ट्रान्सफर्मर भए नमिल्ने ११ केभीको भए बुटवल जाने क्रममा लगीदिउँला भन्ने आश्वासन दिएको तर पछि गएर आफूहरुलाई वेवास्ता गरेको अश्लेवा ९ का भिम पाण्डेले गुनासो गरे ।
" ‘हाकीमसा’पले तीन हजार रुपैयाँ उपभोक्ताहरुले आफै जुटाएर ट्रान्सफर्मर रिडी पठाउनुस, म बुटवल लगीदिउँला भन्नुभयो", पाण्डेले भने "तर बुटवल जाँदा गाडीको कण्डीसन ठिक छैन भन्दै नलगी जानुभयो ।’
पछि स्थानिय अगुवा समाजसेवी मित्रलाल तरामुलाई आग्रह गरीयो, उहाँलाई पनि हाकीमसापले हप्काएपछि सिडीओसापलाई फोन मार्फत निवेदन गर्न बाध्य भएको पाण्डेले बताए । भदौ २३ गते देखि अश्लेवा ९ को ६५ घरधुरी र ठूलोलुम्पेक ८ को ४० घरधुरी अँध्यारोमा बस्न बाध्य छाँै, कुटानि पिसानी मिल बन्द हुँदा डेढ घण्टाको दुरीमा बोकेर जानुपर्ने अबस्था छ ।– पाण्डेले थपे – डेलिगेसन जाँदा समेत नटेरेपछि सिडीओलाई निवेदन गर्नुको विकल्प भएन । यस सम्बन्धमा शाखा प्रमुख नवलकिशोर गोईतलाई सम्पर्क गर्दा आफू काठमाण्डौ रहेको आज आफैले फोन गरेर पठाएको दावी गरे ।
यता प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले अश्लेवावासीबाट फोनमा निवेदन आएपछि आफूले आज रीडिबाट बुटवल मर्मतका लागी पठाएको र छिट्टै बनेर उनीहरुको समस्या समाधान हुने बताए ।
अश्लेवा गाविस कुटानिपिसानी मिलामात्र नभएर स्थानिय यूवाहरुले व्यावसायीक कुखुरा पालन समेत गरेकोले अबरुद्ध विद्युले ठूलो नोक्सानी व्यहोर्नुपर्ने गुनासो गरेका छन् । कालीगण्डकी प्रभावित जिल्ला गुल्मीमा लोडसेडिङ्ग मुक्त भनिएपनि प्राधिकरणले समयमै मर्मत गर्न नसक्दा अश्लेवामा मात्र नभई जिल्लाभरीकै समस्या यस्तै रहेको छ । प्राधिकरणले भने जनशक्तिकै अभाव दर्शाउँदे आएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग