जनमुखी प्रशासन बनाउँदै काँग्रेस ???
Published on
11:54:00 PM //
प्रेम सनार
गुल्मी, असौज १३ । सरकार र उसको प्रशासनिक निकाय आफुलाई जनमुखी बनाउन अभियानका रुपमा जुटिरहेका बेला नेपाली काँग्रेस गुल्मी क्षेत्र नं ३ ले भने थप जनमुखी बनाउन भन्दै सदरमुकाममा सम्पर्क कार्यालय खोलेको छ ।

नागरिकहरुलाई दिने सेवाका बारेमा हरेक कार्यालयको एकिकृत बडापत्र प्रशासनले दशैँ वा तिहारसम्ममा निकाल्न लागेको जानकारी समेत उनले गराए । क्षेत्रिय सभापति दामोदर भुषालले गाउँका सर्वसाधारण जनता कुरा नबुझेर गाउँमै मिल्ने कुरा सदरमुकाम लिएर आएको र नागरिकता लगाएतका प्रशासनिक काममा दुई दिनसम्म बस्नुपरेको यथार्थलाई ह«दयाङ्गमन गरी सम्पर्क कार्यालय खोलिएको बताए । उनले “बदलौ आनी बानी, बनाऔं घर–घरमा करेसाबारी स्वावलम्वी बन्दछ जीवन सदावाहार हुन्छ घरबारी” भन्ने नारालाई समेत क्षेत्र नं ३ को काँग्रेसले मुर्तरुप दिन लागि परेको जानकारी गराए । देशमा प्रजातन्त्र नभएको र प्रशासनिक निकायमा नागरिक सर्वच्चोता नभएको आरोप समेत उनले लगाए । क्षेत्र नं ३ घर भई तमघासमा शिक्षण पेशा , अन्य पेशा व्यवसाय गरेर बसेका काँग्रेस कार्यकर्ताहरुले भदौ १६ गते तमघासको साखिने डाडाँमा बनभोजका क्रममा ३६ हजार रुपैयाँ संकलन गरी सम्पर्क कार्यालय खोलेका हुन् ।
सिर्जनशील कार्यका रुपमा लिइएको सम्पर्क कार्यालयमा विभिन्न नारा समेत टाँसिएको छ । कार्यक्रममा स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली , कालिदत्त गुल्मका गुल्मपति सेनानी मनोजकुमार थापा , निमित्त जिल्ला प्रहरी प्रमुख जितेन्द्रकुमार बस्नेत ,जिल्ला स्वास्थ्य प्रमुख डा.हरिबहादुर के.सी.निमित्त जिल्ला बन अधिकृत कर्णबहादुर पाण्डे लगाएत विभिन्न कार्यालयका प्रमुख प्रतिनिधि थिए ।
त्यस्तै रेसुङ्गा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चन्द्रकान्त पन्थी , सहायक प्रमुख विष्णुकान्त पन्थी , अर्जन आवसिय उच्च मा.वि. तमघासका प्रिन्सिपल दानबहादुर के.सी. ,गुल्मी उद्योग बाणिज्य संघका महासचिव कृष्णप्रसाद पोखरेल , दरुणदल गुल्मीका अध्यक्ष खिलध्वज पन्थी नेपाली काँग्रेस तमघास गाउँ कार्यसमितिका सभापति अखिलेश्वर प्रसाद पाण्डे ,लगाएतको आथित्यता थियो । क्षेत्रिय सभापति भुषालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सम्पर्क समितिका सचिव भगवत खड्काले गरेका थिए ।