Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फेसवुकले बचायो जीवन

Published on 11:37:00 AM //


अनिल खत्री
सामान्यतया फेसवुक भनेको आफ्ना मनका भावनाहरु साटासाट गर्ने तथा साथीहरुसंग गफगाफ गर्ने माध्यमका रुपमा चिनिन्छ । युवा युवतीहरुको विचमा अत्यन्तै लोकप्रिय बनेको फेसवुकले मान्छेलाई नयाँ जीवन दियो भन्दा अचम्म लाग्ला, तर त्यही भएको छ । आर्थिक अवस्था कमजोर भई अस्पतालको बेडबाट जविनको भिख मागिरहेका प्यूठान जिल्लाको बाङ्गेमरोट गा.वि.स वडा नं. ६ को बच्चा राज जि.सी. लाई फेसवुकले बचाएको हो । आर्थिक समस्याका कारण जीवन मरणको दोसाँधमा रहेका बालक जि.सी.लाई फेसवुकले करीव करिव आधा लाख रकम उठायो । जसको फलस्वरुप बालकले नयाँ जीवन पाएका छन् ।
करिव एक महिनादेखी विरामी भई १५ दिनदेखी बेहोस बच्चा अस्पतालको बेडमा थिए । बच्चालाई भेट्न कान्ती बाल अस्पताल पुगेका छिमेकी मोहन जि.सी.लाई मनमा लागेका पिडादायी कुराहरु र बच्चाकी आमाको भनाईलाई कोट गरेर स्टाटस लेखे । त्यसको केही मिनेटमै सोही स्टाटस््को आधारमा अर्घाखाँची जिल्लामा रहेर पत्रकारिता गर्ने धारापानी–६, अर्घाखाँचीका हरि प्रसाद नेपालीले सहयोगको अपिल बनाएर अर्घाखाँची न्यूज र अर्घाखाँची अनलाईन सहितका पेजहरुमा स्टाटस् अप्लोड गरे । “विस्तारै विस्तारै शेयर बढ्दै गयो । सुचना साथीहरुको विचमा पुग्दै गयो” नेपाली भन्छन् “सहयोग गर्ने साथीहरुको ओइरो नै लाग्यो र एक हप्ताको विचमा करिव करिव पचास हजार रुपियाँ संकलन भयो । फेसबुक के हो भन्ने समेत थाहा नपाएकी बच्चाकी आमा सिता जि.सी. भने यो सहयोगबाट आफुहरुले बच्चाको नयाँ जीवन पाएको बताउँछिन् । “मोहन बाबुले दुख गरेर पैसा जम्मा गर्नुभयो । सवैलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद छ ।” उनले भनिन “सहयोग रकम जम्मा नभएको भए हामीले बच्चालाई सकुसल पाउने थिएनौं ।”
बच्चाको उपचार गर्नका लागि प्यूठान बाङ्गेमरोट ७ घर भई हाल मलेशीयामा रहेका राम बहादुर जि.सी.को पहलमा सागर रेष्टुरेण्टका स्टाफहरुबाट १३ हजार सात सय, साउदी अरव बस्ने हँसपुर अर्घाखाँचीका महेन्द्र राउतबाट दश हजार, हाल स्पेनमा अध्ययनर त अर्घाखाँची सिद्धाराका विद्यार्थी दिपक बेल्वासेबाट पाँच हजार, हँसपुर ४ मेहलपानी अर्घाखाँची का गुञ्ज बस्नेतले युएई बाट पाँच हजार, पुर्कोटदह –३, नुहारा, झाँक्रिसल्लाका गणेश कुँवरले हाल मलेशियाबाट पाँच हजार, हँसपुर मेहलपानी स्थाई घर भई साउदी अरवबाट विष्णु विकले चार हजार, अर्घाखाँची प्रवासी सममाज बहराईनबाट तीन हजार, बाङ्गेमरोट –९ सौतामारे का राजु जि.सी. ले हाल कतारबाट २४२९, रुपन्देही भैरहवाका मेख बहादुर भण्डारीले साउदी अरवबाट रु एक हजार र रुपन्देही भैरहवाका सूर्य न्यौपानेले रु १०५ रुपियाँ सहयोग गरेको र सो रकम विरामीका परिवारलाई हस्तान्तरण गरिसकिएको सहयोग मोहन जि.सीले जानकारी दिएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग