लुम्बिनी वेलफेयर सोसाइटि युएई युएईको पुर्नगठन
Published on
3:09:00 PM //
राजु खडका
युएई डेस्क ! ३० अगस्ट शुक्रबारका दिन दुबईको बरदुबईमा अवस्थिति एभरेष्ट होटलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लुम्बिनी वेलफेयर सोसाइटिको पुर्नगठन गरिएको छ ।
लुम्बिनि वेलफेयर सोसाइटिका कार्यवहाक सचिब श्री बिजय पाण्डेले संचालन गर्नुभएको उक्त कार्यक्रममा सोसाइटिका अध्यक्ष श्री डि. एल. शर्माले सभापतित्व गर्नु भएको थियो । गत २४ अगस्तमा दुबईको जाविल पार्कमा गरिएको चियापान कार्यक्रमा जानकारी गराइए बमोजिम लुम्बिनी वेलफेयर सोसाइटिलाई पुर्न गठन गरिएको हो ।

लुम्बिनी वेलफेयर सोसाइटिको पुर्न गठन सँग सँग अध्यक्षमा श्री डि. एल. शर्मालाई सर्वसहमतिमा मनोनयन गरी अध्यक्षको जिम्मेवारी दिइएको छ । स्थापनाकालदेखि नै उहाँले निभाउनुभएको कुशल नेतृत्व र लुम्बिनी वेलफेयर सोसाइटिलाई बिश्व संजालका रुपमा व्यापक बिस्तार गर्ने अभियानको शुरुवात गर्नु भएको हो । यसैगरी उपाध्यक्षमा श्री होम बहादुर भाट, श्री राजु खडका (अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष), तथा श्री नारायण बि. सि. रहनु भएको छ । महासचिवमा श्री विजयराज पाण्डे, सचिवमा श्री बरुण खनाल, कोषाध्यक्ष श्री यम बहादुर घर्ति तथा सह कोषाध्यक्षमा अर्घाखाँची सम्पर्क समिति दुबई क्षेत्रिय समितिका अध्यक्ष श्री बाबुराम पौडेल रहनु भएको छ । सोसाइटिलाई आगामि दिनहरुमा अझ व्यवस्थित र सबैको पँहुचयोग्यको बनाउनका लागि केहि समन्वयकर्ताको पनि व्यावस्था गरिएको छ । जसमा ः ब्यवस्थापन संयोजकमा गोपि भुसाल, मिडिया ईन्चार्जमा अर्घाखाँची अन्लाईन डट कमका सम्पादक श्री कृष्ण बि. क., जनसंपर्कमा श्री नेत्र ठानेप, वेलफेयरमा श्री नेत्र शर्मा र महिला इन्चार्जमा श्रीमति बुजु खनाल रहनु भएको छ । यस बाहेक लुम्बिनी अंचलका सबै जिल्लाहरुबाट प्रतिनिधिका रुपमा अर्घाखाँचीबाट श्री बसन्त खड्का, पाल्पाबाट श्री श्रीधर बस्याल, रुपन्देहिबाट श्री हरि जयसवाल, नवलपरासिबाट श्री बिष्णुहरी, कपिलबस्तुबाट श्री हरि घिमिरे तथा गुल्मीबाट श्री राजु परियारलाई चयन गरिएको छ । वैकल्पिक सहस्यहरुमा श्री ऋषि भण्डारी, श्री गोपाल शर्मा, श्री बाबुराम भुसाल, श्री कौशल बस्याल, श्री दोर्ण बहादुर जि. सि., श्री खुम बहादुर आले, श्रीमति सिता भुसाल, श्रीमति सरस्वति कोइराला हुनुहुन्छ । सोसाइटिले सल्लाहकारमा अग्रज तथा केहि सामाजिक व्यक्तित्वहरु श्री भगत नारायण बेलबासे, श्री लाल बहादुर ढेंगा, श्री राजु भट्टराई, श्री प्रकाश कोइराला, श्री शेखर ज्ञवाली, श्री गिरमान थापा मगर लाई चयन गरेको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष श्री डि. एल. शर्माले लुम्बिनी वेलफेयर सोसाइटिको इतिहास र विगतमा यसले गरेका क्रियाकलापको बारेमा बताउनु साथै सोसाइटिको आफ्नै बिस्तृत बिवरण सहितको वेभसाइट संचालन र सोसाइटिलाई बिश्वव्यापि संजालका रुपमा व्यापक बिस्तार गर्ने काम भइरहेको जानकारी गराउदै सबै सदस्यहरुलाई शुभकामना दिनुभयो । मन्तव्यको क्रममा सोसाइटिका उपाध्यक्ष तथा अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष श्री राजु खडकाले सामाजिक सेवामा हामी सबै उत्तरदायित्व भएकाले सहकार्यका लागि सहभागि हुन सबैलाई आग्रह गर्नु भयो । नयाँ कार्य समितिको गठनका साथै यसले केहि निर्णयहरु पनि गरेको छ । जसमा बिधान संशोधनको लागि अध्यक्ष श्री डि.एल. शर्मा तथा उपाध्यक्ष श्री राजु खडका लागि जिम्मेवार दिइएको छ । सोसाइटिले वेभसाइट संचालनको लागि यसको डिजाइन र तयारीका लागि सचिव श्री बरुण खनाल, उपाध्यक्ष श्री राजु खडका र मिडिया कोओडिनेटर तथा अर्घाखाँची अनलाइन का सम्पादक श्री कृष्ण बि.क.लाई जिम्मेवारी सुम्पेको छ ।