Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आत्मनिर्भर बन्दै ठुलोलुम्पेका महिलाहरु

Published on 6:56:00 AM //


प्रेम सुनार
गुल्मी, भदौ १९ । कसैले अल्लोबाट धागो काट्दै कपडा बुन्दै त कसैले अगर बत्ती र मैनबत्ती बनाउदै गुल्मी क्षेत्र नं. १ विकट गाविस ठूलोलुम्पेकका महिलाहरु आत्मा निर्भरतातर्फ उन्मुख भएका छन् । अल्लोबाट कपडा बुन्दै झोला लगाएतका सामग्री उत्पादन गरेर आत्मनिर्भर बन्दै आएको धेरै वर्ष भईसक्यो तर यतिबेला त्यहाँका महिलाहरु अगरवत्ती, मैनबत्ती बनाएर आत्मा निर्भर हुन लागि परेका छन् ।
“परम्परागत शैलीमै अल्लोको धागो काट्नु र बुन्नु बढी नै मेहेनत गर्नुपर्ने भएकोले त्यो पेशाले ठूलो बजार लिन सकेको छैन ” –ठूलोलुम्पेक एकता महिला लोकतान्त्रिक सञ्जालकी अध्यक्ष तेजकुमारी थापा भन्नुहुन्छ –“यो पेशालाई उद्योगका रुपमा सञ्चालन गर्न राज्यबाट आधुनिक प्रविधि र लगानी सहयोग हुनसके यहाँका सयौँ महिलाले भरपर्दो रोजगार पाउन सक्थे” । “गतवर्ष जिल्ला विकास समितिले १५ हजार सहयोग ग¥यो । ठूलोलुम्पेक गाविसले ९५ हजार सहयोग ग¥यो । त्यो पैसा हामीले मासे.का छैनौ उहाँले भन्नु भयो “दुई चार सयका दरले हामी महिलाहरुले नै रकम उठाएर आत्मानिर्भरता बृद्धि गर्नको लागि गाविसको ९ वटै वडाका २ सय जना महिलालाई अगरबत्ती र मैनबत्ती तालिम दिई काम सुरु गरेका छौ ।” तेजकुमारीले थप्नुभयो “ २ जनाले त कार्यालयमा प्रत्यक्ष रोजगार पाउनुभएको छ । सञ्जालले आय आर्जन मुलक कार्यक्रम मात्र होइन घरेलु हिंसा , स्वस्थ्य, जेहेन्दार युग, नेतृत्व विकास, समय सापेक्षताको विषयवस्तु सम्बन्धि चेतनामूलक प्रशिक्षण समेत दिदै आएको छ । ”
अध्यक्ष तेजकुमारी थापा ,उपाध्यक्ष टोपला थापा, कोषध्यक्ष लिला त्रामु, सदस्य निरु राहदी, र निर्मला राना त्यहाँका अगुवा महिलाहरु हुन् । उनीहरु त्यहाँका महिलाको विकासका लागि सदरमुकाम तम्घासदेखि काठमाण्डौसम्म पुग्ने गर्दछन् । ग्रामीण महिलाहरुको अवस्थाबारे सम्बन्धित निकायको राम्ररी ध्यानाकृष्ट गराउन सक्ने उनीहरु महिलाहरुका लागि आउने रकमबाट बढि औपचारिक कार्यक्रममा खर्च गर्न चाहदैनन् ।
आयआर्जन मूलक कार्यक्रम सामूहिक रुपमा गर्न सके काम गर्दागर्दै महिला अधिकार आदि विषयमा एकआपसमा चेतना बाँड्न सकिने ठहर छ अध्यक्ष तेजकुमारी थापाको । झण्डै १ लाख बचत छ थापाले भन्नुभयो– “राज्यले सहयोग गरिदिन सके हामी तालिम लिएका २ सय जना महिलाले अगरबत्ती र मैनबत्तीलाई उद्योगका रुपमा विकास गर्ने थियौ ।”
अधिकांश जनजाती वस्ती ठुलोलुम्पेकमा महिला घरेलु मदिरा उत्पादन गरेर जिविका चलाउछन् । मदिराको ग्याँस र धुँवाले बिरामी पर्ने र चाँडै मृत्यु हुने समस्या छ । उनीहरुलाई वैकल्पिक रोजगारको व्यवस्था मिलाउन सके मदिरा न्यूनिकरण र घरेलु हिंसामा कमी आउने उहाँको धारणा छ । ठूलोलुम्पेकमा महिलाहरु यतिबेला परम्परागत खेती छाडेर ब्यवसायिक तरकारी खेती , कुखुरा पालन र बंगुर पालनमा पनि लागेका छन् । एउटा बंंगुरले ६ महिनामा १२ वटासम्म पाठापाठी पाउछन् ।
दाना र लगानीको समस्याले धेरै पाल्न सकिएको छैन’ रोमकली थापाले भन्नुभयो “वर्षेनी २-४ वटा पाल्न सकिएको छ ।” तल झविमाया त्रामुको समूहले कुखुरा र तरकारी खेतीबाट मनग्य आम्दानी लिदै आएका छन् । ईन्द्र विश्वकर्मा विदेशमा धोका खाएपछि ९ महिनामै फर्केर आई श्रीमतीलाई साथ लिई कुखुरा र तरकारी खेतीबाट वार्षिक २ लाख आम्दानी लिन सक्ने हुनुभएको छ ।
यसरी युवा र महिलाहरु मिलेर व्यवसायिक तरकारी खेती, पशुपालनमा लागेपछि बुढापाकाहरु प्नि त्यतैतिर आकर्षित भएका छन् । ठूलोलुम्पेक गाविसका अधिकांस घरधुरीमा पुग्दा त्यहाँको चलनै बदलिएको र गरिबहरुको मुहारै फेरीएको महसुश हुन्छ । उनीहरुले आय आर्जन मुलक कार्यक्रम जिल्लामै नमूना देखाउन खोजिरहेका छन् । त्यसमा राज्यले सहयोग गर्न सके उनिहरुको त्यो प्रयासले मुर्त रुप पाउने थियो र साँचो अर्थमा महिला सशक्तीकरणमा राज्यको प्रयास पनि सफल हुने थियो कि ?

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग