Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘बल्ल बुद्दी फिरेछ हाम्रा एल्डिओ सापको’

Published on 2:07:00 AM //


प्रेम सुनार
गुल्मी, भदौ २१ । जिल्ला विकास समिति, गुल्मीको गेट छेउँछाउका ग्यारेज र कार्यालयको अग्र भागको गाह्रो भत्काउनु सुरु गरेपछि लाकुँरी मञ्चको बाटो हिड्ने मानिसहरु टक्क उभिएर सोध्न थाल्छन् “के गर्न लागेको होला ?” जवाफ आउँछ “अब जिविसले त्यहाँ सटर बनाएर भाडामा क्यान्टिन लगायतका पसल भाडामा दिँदैछ ।” अनि भन्न थाल्छन् “बल्ल यसपालिका एलडियोको बुद्धि फिरेछ ।”
बुद्धि चाहिँ कसको फिरेको हो थाहा भएन तर कार्यकाल उनकै भएकोले जस चाहीँ उनैलाई गएको हुन सक्छ ।
व्यस्त बजार लाँकुरीमञ्च सडक छेउका ति स्थानमा सटर भाडामा दिँदा अब जिविसले न्यूनतम मासिक २४ हजार आन्तरिक आय प्राप्त गर्ने भएकोछ । त्यो जग्गा त्यत्तिकै खेर गइरहेको थियो । कवाडका सामानहरु थुपारिएको ग्यारेजको अग्र भागमा क्यान्टिन सञ्चालनका लागि आजै बोलपत्र आह्वान गरिएको छ । जिविसका सूचना अधिकृत शंकरप्रसाद गौतमले दिएको जानकारी अनुसार त्यस सटरलाई न्यूनतम १२ हजार मासिक भाडामा दिइदैछ ।
गेटै छेउको दायाँपट्टी सचिवालय कार्यालयको अग्रभागको गारो फोरेर त्यहाँपनि २ वटा सटर बनाउन लागिएको छ । “ती सटर न्यूनतम ६ हजारका दरले भाडामा दिँदा कम्तिमा पनि मासिक २४ हजार आय जिविसलाई प्राप्त हुन्छ ” गौतमले भने । सटर भाडामा लिनको लागि भने निकै हानाथाप हुने देखिन्छ । मानिसहरुको चहल पहल भइरहने स्थान भएकोले सटर भाडामा लिन धेरैले आँखा गाडेका छन् । कतै भनसुन वा कमिसनको चलखेल हुने हो कि भन्ने आशंका पनि सर्वसाधारणले गर्न थालेका छन् ।
गतवर्ष इन्धनको खर्च तिर्न नसकेर पूर्व एलडियओले अहिलेसम्म गाविसको एलजिसिडिपी रकमको कन्टन्जेन्सी नकाटेकोमा जवर्जजस्ती काटेर तिर्नुपरेको थियो । जति आयस्रोत भएपनि नपुग्ने जिविसको खाजा खर्च ५० हजार नाघेको चर्चा चलेको बेला कमसेकम खाजा खर्च पुग्ला वा बालुवामा पानी खनाए झैं हुने हो त्यो भने हेर्न बाँकी छ । जेहोस नयाँ श्रोतको खोजी गरेकोमा बधाई छ जिविसलाई ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग