Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भाईरल ज्वरोको प्रकोप प्यूठानमा पनि

Published on 8:06:00 PM //


पि.एम.मगर
गुल्मी, २३ भदौ । गुल्मी जिल्लाका विभिन्न स्थानमा भाइरलवाट विरामी हुनेको संख्यामा दिन प्रतिदिन वढ्दै गईरहेका वखत प्यूठानमा पनि यसका विरामीहरु बढ्दै गएका छन् । भाइरलका कारण गाउगाउँमा बिरामी हुनेको सङ्ख्या एक हजार भन्दा बढि मात्रामा रहेका छन । भाईरलको प्रकोप बढ्दै गएपछि जिल्ला अस्पताल प्यूठानमा पनि बिरामीको सङ्ख्या बढ्न थालेको डा. उमाशङ्कर चौधरीले बताउनुभयो। अस्पतालमा दैनिक एक सय ७५ देखि दुई सयसम्म बिरामी आउने गरेको अस्पतालले बताएको छ ।
अस्पतालमा आउने बिरामीमध्ये धेरैजसो भाईरल र टाईफाईडका बिरामी फेला परेको डाक्टर चौधरीले बताउनुभयो । बिरामी सङ्ख्या बढेपनि अहिले विभिन्न औषधि पसलहरूमा समेत बिरामी चाप बढ्न थालेको छ। यसैबीच प्यूठानको अर्खा गाविसमा भाइरल रोगका कारण पाँचसय भन्दा बढि बिरामी परेका छन । ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, वाकवाकी आउने, बेहोस् हुने, आँखा पाक्ने जस्ता रोगले गाउँभरी बिरामी परेका छन । यस्तै अर्खा ६ को महेन्द्र प्राथमिक विद्यालयमा पढ्ने एक सयभन्दा बढि बालबालिका एकैपटक बिरामी परेको प्रधानाध्यापक अमरसिंह रानाले जानकारी दिनुभएको छ । गुल्मी जिल्लामा पनि भाईरलको प्रकोप अझै कायमै छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग