Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्घाखाँची सेवा समाजको बैठक सम्पन्न

Published on 8:06:00 PM //


भुवन के.सी.
दोहा कतार
“प्रवासमा अर्घाखाँची बाँसी एक होऔं समाजका लागि केही गरौ” भन्ने मुल नाराका साथ स्थापित अर्घाखाँँची सेवा समाज दोहा कतारको पाँचौ मासिक भेला अध्यक्ष श्री युवराज पाण्डेको अध्यक्षतामा यही सेप्टेम्वर ७ का दिन विभिन्न विषयमा छलफल तथा निर्णय गर्दै दोहा कतारको मुन्तजा पार्कमा सम्पन्न भएको छ ।
मुश्लिमहरुको महान चार्ड इदको अवसरमा आयोजना गरिएको कार्यक्रम इद धमाका २०१२ मा संस्थाले खेलेको भुमिकाको बारेमा समिक्षा तथा उक्त कार्यक्रममा सहयोग पुराउने सवैमा धन्यावाद व्यक्त गरिएको थियो । संस्थाका कार्यसमितिका सदस्यहरुको व्यापक उपस्थिति रहेको सो कार्यक्रममा मुख्य रुपमा समाजको क्रियाकलापमा निरन्तर रुपमा लाग्दै आउनुभएका संस्थाका सह सचिव तथा प्रचार प्रसार उपसमितिका संयोजक श्री पशुपति श्रेष्ठ संस्थाको सह सचिव जस्तो गरिमामय पदमा रहेर कार्य गर्न असक्षम देखिएको र कार्यसमितिका सदस्यहरुबाट तीव्र असंतुष्टी आएकाले विगतका कमी कमजोरीलाई मनन् गदै निज श्री पशुपति श्रेष्ठले आफु अलग भएको घोषण गदै आगामी दिनहरुमा कार्य समिति बाहिर रहेर संस्थाको हितको लागि कार्य गर्ने बताउनु भएको थियो । साथै निज श्री पशुपति श्रेष्ठ उक्त दिन देखि लागु हुने गरी संस्थाको कुनै पनि पदमा नरहेको र उँहाले गर्नुभएका कार्य प्रति संस्था जवाफदेही र जिम्मेवार नरहेको जानकारी सम्वन्धित सवैको लागि गराउनुको साथै रिक्त हुन आएको सहसचिव पद अर्को निर्णय नभएसम्म निष्कृय राखिएको अध्यक्ष युवराज पाण्डेले जानकारी दिनुभयो । सस्थाको अन्य विषयहरुमा व्यापक छलफल गरिएको उक्त कार्यक्रम अर्घाखाँची सेवा समाज दोहा कतारका सचिव श्री विष्णु प्रसाद भुसालको सन्चालनमा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग