Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका सहायक सिडिओको विदाई, फेरी गुल्मीमै सिडिओ भएर आउन शुभकामना

Published on 3:50:00 PM //



प्रेम सुनार
गुल्मी, असोज ९ । गुल्मी जिल्लामा आउने प्रशासकहरुमध्ये छोटो समयै जनताको मन जितेर वधाईका पात्र वन्दै आएका सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्याल गृह मन्त्रालयमा सरुवा भएका छन् । उनलाई मंगलवार एक कार्यक्रमका विच कार्यलय प्रमुखहरुले विदाई गरेका छन् । २५ महिना जिल्लामा वसेका उनले वजार अनुगमन, नागरिकता वितरण, जनताका मुद्धा फैसला, लगायतका कार्यमा जनताको मन जितेका थिए । राजनितिक दलदेखि सर्वसाधरणहरुले उनको तारिफ गर्दथे । उनलाई गुल्मेली जनताले फेरी यसै जिल्लामा सिडिओ भएर आउन शुभकामना दिएका छन् । उनी पाल्पा जिल्ला निवासी हुन् । विदाई कार्यक्रमको आयोजना कर्मचारी मिलन केन्द्रले गरेको हो । प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता मिलन केन्द्रका अध्यक्ष एवं जिल्ला वन अधिकृत शिवप्रसाद शर्माको अध्यक्षता र सचिव शंकरप्रसाद गौतमले गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग