Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुनको भाउ छोइसक्नु छैन, नक्कली सुन किन्ने बढे

Published on 11:34:00 AM //




अनिल खत्री
गुल्मी, भाद्र ३० । भनिन्थ्यो, "लंकामा सुन छ कान मेरा बुचै" अहिले सुनको मुल्य दिनानुदिन बढदै जाँदा मानिसहरुलाई यस्तै बनाएको छ । सुनको मुल्य बढ्ने क्रम देख्दा सुन जस्तै लगाइएको नक्कली गहना तर्फ मानिसहरु आकर्षित हुने क्रम बाढ्न थालेको हो ।
सुनको भाउ आकासिने क्रम नरोकिए पछि बजारमा यति बेला सुनका गहनाको सट्टामा सुन जस्तै लाग्ने नक्कली गहनाले राम्रो बजार लिना थालेको छ । नक्कली गहना पाइने पसलहरुले पनि तिजलाई लक्षित गरेर "सुन भन्दा कम छैन, हराएमा डर छैन" भन्ने जस्ता आकर्षक नाराका साथ यस्ता गर-गहनाको ब्यापारलाई तिब्र परेका छन । महंगी, असुरक्षा, चोरी, डकेतीका कारण पनि हुन सक्छ सुनको दाँजोमा सुन जस्तै देखिने नक्कली गहनामा उपाभोक्ताको मोह दिनप्रतिदिन बढीरहेको छ । सक्कली सुनको दाँजोमा यस्ता गहना निकै सस्तो मुल्यमा पाइन्छ । जलप लगाएका गहनाको डिजाइन र साइजका आधारमा १ सय रुपैँयादेखि ७ हजार रुपैँयासम्म पर्ने ब्यापारीहरु बताउछन । अहिले बजारमा सुनको जलप लगाईएका टप, औठी, लकेट, मंगलसुत्र, चुरा, हार लगायत गहनाको बढी माग रहेको ब्यापारीहरु बताउँछन ।
नक्कली गहनाले राम्रो कारेबार गर्ने गरेको यसका ब्यापारीहरुको भनाइ रहेको छ । तिज, दसैँ, तिहार जस्ता पर्वमा बढी मात्रामा यस्ता गहनाको ब्यापक कारोबार हुन्छ । चाड पर्वमा सुनका गहना हुनेहरुले सुनकै लगाउँछन तर सुनका गहना नहुनेहरुले अरुको देखासिकी गर्न होस या उसको दाँजोमा आउनकोलागी होस यस्ता कारण पनि मानिसहरुको यस्ता गहना प्रति आकर्षण बढेको हो ।
यस्ता गर-गहनाहरुमा ब्यापारीले ६ महिना सम्मको वारेन्टी दिने गरेका छन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग