Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बलेटक्सारको फोहोर लामाखर्कमा, स्थानियको आक्रोश

Published on 10:32:00 AM //

अप्डेट: लामाखर्क बासिको पानीको मुहानमा फोहर फालेको खबर सार्वजनिक भएपछी बलेटक्सारका स्थानिय ब्यवसायी तोयनारायण ज्ञवालिले घरको ढलान आदि कामबाट निस्केको अनावश्यक चिजबिहरु सडक भत्केको ठाउं र खाल्टाखुल्टीमा हाल्न लगाएको तर ड्राइभरले सिसा आदि मिस्श्रण भएको आसंकामा भिरबाट खन्याउँदा पानीको मुहान नजिक पर्न गएको हुँदा आफुबाट गल्ति भएकोले आफुले तुरुन्तै फोहर जलाउने र सफा गर्ने काम सुरु गर्ने बाचा गर्नुभएको ज्ञवा बिशेष ब्लग तथा यसको फेसबुक पेजका संचालक गोकर्ण ज्ञवालिले जनाएका छन् ।
ज्ञवा क्षेत्र
गुल्मी, भाद्र ३० । गुल्मी जिल्लाको ज्ञवा लामाखर्कका बासिन्दाले आफु माथि अन्याय भएको भन्दै आफ्नो खानेपानीको मुहान माथि फोहोरको डङ्गुर ल्याएर फाल्न लगाउने बलेटक्सारका एक प्रतिनिधि माथि आक्रोश ब्यक्त गरेका छन् | गुल्मीन्युज डट कमलाई प्राप्त जानकारी अनुसार लामाखर्क बासिले पिउँदै आएको खानेपानीको मुहानको स्रोत माथि बलेटक्सार निबासी तोयनारायण ज्ञवाली सहितको फोहोर ब्यवस्थापन समितिले फोहोर फाल्न लगाएको ज्ञवा बिशेष ब्लग तथा यसको फेसबुक पेजका संचालक गोकर्ण ज्ञवालिले जनाएका छन् | ट्याक्टरले खानेपानीको मुहान माथि फोहोरको डङ्गुर लिएर फाल्ने ट्याक्टर चालक ड्राइभरलाइ नियन्त्रण लिएर सोध्बुझ गर्ने क्रममा बलेटक्सार निबासी ज्ञवालीले त्यसो गर्न लगाएको खुलासा भएको हो | गाउँलेले यसको बिरुद्दमा आवाज उठाउन आफ्नो स्थानबाट सम्बन्धित ठाउंमा पहल कार्यक्रम सुरु गरिसकेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग