Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुवईबाट गुल्मी पठाएको पैसा झापामा झिकियो

Published on 8:35:00 AM //


प्रेम सुनार
गुल्मी, भदौ २७ । विदेशबाट पठाएको पैसा रेमिट्यान्सकै कर्मचारीले झिके भन्दा पत्यार नलाग्ला तर गुल्मी पठाएको पैसा झापाको एक रेमिट्यान्स संस्थाकै कर्मचारीले झिकेको खुलासा भएको छ । दुवईबाट मिनबहादुर विश्वकर्माले गुल्मीको बडगाउँ २ दजाकोट स्थित बाबु टेकबहादुर विश्वकर्माको नाममा पठाएको २३ हजार ७ सय १५ रुपैया झापाको सुरुङ्गामा रहेको बिआईडी ईन्टर्प्राईजेजका अशोक पोखरेलले झिकेको खुलासा भएको हो ।
शारदा एक्सचेन्ज नेपाल इन्डेक्स बैँकबाट रेसुङ्गा विकास बैँक वामीटक्सार शाखामा पठाएको उक्त रकमको नं कसरी पत्ता लगाई उनले झिके भन्ने कुरा सर्वसाधारणलाई रहस्यको विषय बनेको छ ।
आजै छोराले रकम झिक्ने नम्बर दिई वामी टक्सार पुगेका बाबु टेकबहादुरले सोध्दा रकम झापाको मानिसले झिकेको पत्ता लागेपछि छोरालाई फोन गरेका थिए । मिनबहादुरले सिधै यस समाचारदातालाई दुवईबाट फोन गरेपछि झापा सम्पर्क गरिएको थियो ।
झापाका पोखरेलले आफुले नभई बाई मिस्टेक स्टाफले गल्ती गरेर निकालेको बताए । उनले भने “आखिर मानिस हो गल्ती त भइ नै हाल्छ उक्त रकम इन्डेक्स बैँक काठमान्डौमा आजै पठाइदिन्छु ।”
प्रधान कार्यालय काठमान्डौका मुकेश अधिकारीले सो रकम प्रधान कार्यालयबाटै दिने र त्यसरी अरुको नामको पैसा झिक्ने झापाको उक्त इन्टरप्राइजेजका व्यक्तिलाई कार्वाही गर्ने आश्वासन दिएको मिनबहादुरले बताए ।
अलि ठूलो रकम भएको भए झन कति चिन्ता हुन्थ्यो मिनबहादुरले भने रेमिट्यान्सकै मान्छेले त्यसरी रकम झिक्छन भने अब त डर भयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग