Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

को होलान ति युवा, लुम्छा दुर्घटनामा जो यसरी बाँचे

Published on 8:00:00 PM //


प्रेम सुनार
आईतवार बिहानै दुर्घटनाको खबर पाउने बित्तिकै स्थानिवासी र सेना प्रहरीले मानविय उद्धार गरिसकेको थियो । अव डिक्किका सर–समान झिक्न लागिँदै थियो ।
त्यही क्रममा पछाडीको सिट तलको वडिबाट एक जना युवा झोला भिरेर निस्के मानौं कि उनि सामन्य अवस्थामा गाडीवाट ओर्ले झैं ओर्लिदै छन् । प्रहरी स्वास्थ्य अवस्था बुझ्न नजिक पुगेर सोध्न थाल्छन् । "मलाई केहि भाछैन यार अरुलाई हेर्नुस", भन्दै झोला भिरेर आफ्नो बाटो लाग्छन् । त्यति धेरै घाईतेको रुवावासी कैयौं शवको टाउकोबाट गिदी यत्रतत्र छरिएको । सवैका आँखा रसाएको थियो । जताततै सन्नाटा छाएको तर पनि ति युवाले हाँस्न बाध्य बनाए । नाम विवरण समेत माग्न आँटे प्रहरी र पत्रकारहरुले तर उनि हतारिदै दुर्घटनास्थलबाट लम्कीए माथी श्रृंगातिर ।
ति भाग्यमानी, सुरविर युवाको नाम विवरण लिन नपाएकोमा ठुलो पछुतो छ । जेहोस् उनि वसबाट निक्लीदै गरेको अवस्थामा क्लिक्क एउटा तस्वीर लिन भ्याएका थियौं (हेर्नुस् माथि तस्बिरमा) । आशा छ ति युवाले आफ्नो नाम विवरण सहित आफ्नो नव जिवनको कथा लेख्न दिनुहुने छ । कृपया ९८५७०६१५३० मा सम्पर्क गरि दिनु होला । त्यति ठुलो विभत्स घटनामा शरिरमा कोतरेको समेत थिएन । पाईन्टको तल्लो भाग भने थोरै च्यातिएको । उहाँलाई वधाई छ । सयौं वर्ष लामो आयुको कामना समेत गर्दछौं ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग