Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी–रुद्रवेणी सडक अवरुद्ध, तिजमा माईत जाने चेलीहरुलाई सास्ती

Published on 7:15:00 AM //


प्रेम सुनार
गुल्मी, भदौ ३० । जिल्लाकै मेरुदण्ड सडक मनिने रिडी-रुद्राबेणी सडक खण्डमा पुल निर्माणको काम सुरु गरी सडक अवरुद्ध हुँदा तिजमा आवत जावत गर्ने क्षेत्र नम्वर १ र बाग्लुङ्गसम्मका चेलीहरुले सास्ती भोग्नु परेको छ ।
तिज भित्रएको वेला प्रशासन र निर्माण व्यवसायीले महिलाहरुको महान चाड तिजको सुविधालाई ध्यान नदिँदा यसरी सास्ती भोग्नु परेको स्थानियवासीले गुनासो गरेका छन् । “गुल्मीबाट स्याङ्गजा जोड्ने पुल यस अघि नै सुरु गर्नु पर्ने थियो । कि त तिज पछाडी ’ स्थानियवासीको आरोप छ – ‘सम्वन्धित निर्माण व्यवसायीले तिजको मुखमा आएर काम सुरु गर्नु र प्रशासनले स्विकृति दिनुले तिजको बेलामा आवत जावत गर्ने चेलीबेटिहरुलाई अप्ठ्याराहरु शिर्जना भएको छ ”
तिजसम्मलाई खुलाउन मिल्दैन ? भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले ५ गतेयता खुलाउन नमिल्ने बताए । "५ गते पछाडी खुल्छ" उनले भने –‘ बलेटक्सार उल्लिखोला वैकल्पीक बाटाको व्यवस्था गरेका छौं । ” उफ वैकल्पीक बाटोबाट गाडीमा यात्रा गर्नु भन्दा १ नम्वर क्षेत्र, कतिपय गाउँका यात्रुहरु हिडेर चाँडो हुन्छ । वैकल्पिक सडक कच्ची र जोखिमपुर्ण समेत छ । रिडी-रुद्राबेणी सडक अवरुद्ध हुँदा गुल्मी क्षेत्र नम्वर १ र बाग्लुङ्ग बुर्तिवाङ्गसम्मका हजारौं जनता विशेष गरी देश प्रदेशबाट तिजमा माईती आउने चोलीहरुले सास्ती खेप्नु परेको छ ।
तिजमा माईती आएका कैयौं महिलाहरु झोला र नानी बाबु बोकेर कष्टपुर्वक पैदल हिँडेको देख्न सकिन्छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग