Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक रुपैयाँमा एक लिटर डिजेल

Published on 8:28:00 PM //


हामीकहाँ एक लिटर डिजेलको मूल्य झण्डै एक सय रुपैयाँ पर्छ । तर यो दुनियामा यस्ता देश पनि छन् जहाँ एक लिटर डिजेल किन्न एक सय पैसा पनि तिर्नुपर्दैन ।
हो विश्वमा एउटा यस्तो देश छ जहाँ डिजेल पानी भन्दा पनि सस्तोमा पाइन्छ । यो देश विश्वमा सबैभन्दा कम मूल्यमा डिजेल पाइने देश हो । यो समाचार पढ्दा तपाइँको मनमा जिज्ञासा उठ्यो होला, आखिर त्यस्तो देश कुन रहेछ ? भनेर । हो, भेनेजुयला त्यस्तो देश हो, जहाँ डिजेलको मूल्य विश्वमै सबैभन्दा सस्तो छ । यहाँ एक लिटर डिजेलको मूल्य झण्डै एक रुपैयाँ पर्छ ।
भेनेजुयलाको ९० प्रतिशत अर्थव्यवस्था पेट्रोलियम पदार्थमै टिकेको छ । यहाँका मान्छेले डिजेलमा भन्दा खाने पानीका लागि बढि पैसा खर्च गर्नु परिरहेको छ ।
भेनेजुयला पछि इरान सस्तो डिजेल पाइने मामिलामा दोश्रो स्थानमा पर्छ । त्यहाँ एक लिटर डिजेलको मूल्य झण्डै डेढ रुपैयाँ पर्छ ।
यता विश्वमा डिजेलको भाउ सबैभन्दा महंगो पर्ने देश नर्वे हो । नर्वेमा एक लिटर डिजेलको मूल्य २ सय ४० रुपैयाँ पर्छ । त्यस्तै ग्रीसमा एक लिटर डिजेलको मूल्य झण्डै १ सय ९० रुपैयाँ पर्छ । इजरायलीले एक लिटर डिजेलको भाउ झण्डै १ सय ८० रुपैयाँ तिर्नुपर्छ । त्यस्तै फिनल्याण्डमा एक लिटर डिजेलको मूल्य झण्डै एक सय ७० रुपैयाँ पर्छ ।
अन्लाईन खबर

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग