Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमै ८ वटा बेवारीसे सकेट वम फेला, शसस्त्र प्रहरिले छोडेको आशंका

Published on 3:24:00 AM //

प्रेम सुनार
गुल्मी, भदौ १७ । नेपाल टेलिकम गुल्मी शाखा कार्यालय परिसरमा आठ थान बेवारीसे सकेटबम फेला परेको छ । सो शाखाको नयाँ भवन बनाउनका लागि तत्कालिन खाद्य संस्थानको पुरानो भवन भत्काएर घडेरी खन्ने क्रममा झाडी भित्र बेवारीसे सकेटबम फेला परेका हुन ।
जिल्ला प्रहरी कार्यालयको छेवैमा अवस्थित उक्त स्थानमा सकेटबमहरु फेला परेको निमित्त जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी निरिक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । द्वन्द्वकालमा उक्त भवनमा शसत्र प्रहरीको टोली बसेकोले उनीहरुले नै छाडेको हुन सक्ने उहाँले बताउनुभयो ।
वम रहेको स्थान वरिपरि चारैतिर वस्ती रहेको काराण उक्त वम लाई डिस्पोजल गर्नका लागि निकै सावधानी अपनाउनु पर्ने भएकोले वम डिस्पोजल गर्नका लागि नम्वर २२ वाहिनी अड्डा, बुटवलवाट  विस्पोटक पदार्थ निष्कृय गर्ने टोली आजै हिँडिसकेको हुनाले भोली विहान सम्ममा उक्त वम डिस्पोज गर्ने तयारी गरेको कालीदत्त गुल्मका गुल्मपति मनोज थापाले जानकारी दिए । बम त्यो भन्दा पनि बढीको परिणाममा हुनसक्ने आशंका गरिएको छ ।
अझै बेबारिसे बम ः गुल्मीको सदरमुकाम तम्घासमा सशस्त्र प्रहरीले बेबारिसे अवस्थामा छोडेर हिडेका सकेट बम देखाउँदै सादा पोशाकका प्रहरी । जिल्लामा अहिले सशस्त्र प्रहरी नभए पनि द्वन्द्वका समयमा तत्कालिन खाध्य र कृषि सामाग्री कम्पनीका दुई भवन प्रयोग गरेर सशस्त्र प्रहरी बसेका थिए । बम डिस्पोजका लागि बुटवलबाट बिशेषज्ञ सहितको सैनिक टोली मगाईएको छ । तस्विरः घनश्याम गौतम


Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग