Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घिरौला टिप्न खोज्दा दुई जनाको मृत्यु

Published on 9:16:00 PM //


काठमाडौँ, असोज ८ । भान्सामा तरकारी बनाउन उपयोग हुने घिरौलाको कारण दुई जनाको ज्यान गएको कुरा पत्याउन अलि गाह्रै हुन्छ। तर चितवनमा यस्तै अनौठो संयोग परेको छ।
चितवनको गुन्जनगर-५ मा नन्दकिशोर मगरले हिजो राति ८ बजे घिरौला टिप्न आफ्नै बारीको रुख चढेका थिए। अचानक ५० वर्षका मगर रुखबाट खसेर गम्भीर घाइते भए। उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइयो।

एम्बुलेन्समा राखी भरतपुरतर्फ लैजाँदै गरेको बेला मंगलपुरमा एम्बुलेन्सले साइकल यात्री ७० वर्षका गणेशकुमार श्रेष्ठलाई ठक्कर दियो। उनी पनि गम्भीर घाइते भए। दुवैलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा दुवै जनाको उपचार कै क्रममा मृत्यु भयो।

प्रहरीले ना.१ च ९१२४ नम्वरको एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
नागरिक न्युज डट कम

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग