Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफ्नै बाउ लोग्ने भएको थाहा पाएपछि……..

Published on 9:35:00 PM //


आफुलाई जन्म दिने बाउ नै आफ्नो लोग्ने भएको थाहा पाउँदा कुनैपनि महिलालाई कस्तो अनुभुति होला ? सायद त्यस्तो पुरुषप्रति घृणाको सिमा नरहला र आफैप्रति ठूलो पश्चाताप बोध होला ।
यस्तै भएको छ अमेरिकामा एक जना महिलालाई । अमेरिकाको ओहियोमा बस्ने एक जना महिलाले आफ्नो श्रीमान नै आफुलाई जन्म दिने बाउ रहेको कुरा थाहा पाइन् । सायद श्रीमान जिउँदो छँदै त्यो कुरा थाहा पाएकी भए घटनाले अर्कै रुप लिन्थ्यो होला । तर श्रीमान मरेको ६ वर्षपछि उनले त्यस्तो कुरा थाहा पाएकी रहेछिन् ।
स्थानीय एक पत्रिकामा छापिएको खबर अनुसार भ्यालेरी स्प्रुइल नामकी ती महिलाले सन् १९९८ मा मृत्यु भएको आफ्नो श्रीमान वास्तवमा आफुलाई जन्मदिने बुवा नै रहेको कुरा त्यसको ६ वर्षपछि अर्थात् सन् २००४ मा मात्र पत्तो पाइन् । आफ्नो काकाले उक्त गोप्यताको खुलासा गरेपछि मात्र आफुले आफ्नै बुवासँग बिहे गरेर श्रीमान बनाएको र लामो जिन्दगी बिताएको कुरा उनलाई थाहा भएको हो ।
आफ्नो बुवा नै आफ्नो लोग्ने बनेको कुरा थाहा पाएपछि पनि लामो समय चुप बसेकी उनले हालै त्यो तीतो सत्यलाई सार्वजनिक गरेकी हुन् ।
पर्की नामका पुरुष पन्ध्र वर्षको छँदा नै एक किशोरीसँगको लसपसमा भ्यालेरीको जन्म भएछ । कुमारी आमाबाट जन्मेकी ती बालिकालाई ३ महिनादेखि नै मावलीमा हजुरआमाले पालेकी रहेछिन् । तर बुवाको खोजी गरिएन । पछि उनी बढ्दै गइन् । उमेर चढ्दै जाँदा भ्यालेरीको पर्की नामका उनै पुरुषसँग सम्बन्ध हेलमेल भयो जो साँच्चीकै उनका बुवा थिए । तर भ्यालेरीलाई त्यो कुराको पत्तो भएन । उनीहरुको बिहे पनि भयो । भ्यालेरीले आफ्नै बुवासँग बिहे गरेको कुरा उनका केही आफन्तलाई थाहा थियो तर घरबार बिगि्रने डरले मुख फोरेनन् । तर पर्कीको मृत्युपछि उनलाई उनका काकाले त्यो कुरा बताइदिए । त्यसपछि छाँगाबाट खसेजस्ती भएकी भ्यालेरीले डि एन ए टेष्ट गराइन् जसबाट पर्की उनका बाउ भएको पुष्टि भयो ।
आफ्नै छोरीसँग बिहे गर्ने उनको बाबु तथा श्रीमान पर्कीप्रति उनलाई ठूलै घृणा छ । पर्कीले थाहा पाइकन नै आफ्नी छोरीसँग बिहे गरेको र पछि डरका कारण भन्न नसकेको उनको ठम्याइ छ । यस्तो संयोग हुनु भाग्यको लेखा भएको भन्दै उनले भगवानले जो कोहीलाई पनि यस्तो अनौठो संयोग जुराइदिन सक्ने बताउँछिन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग