Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिष्णु! रातभरी बुढाबुढी नाचेर सबैलाई हँसायौ, बिहानै संसार छोडेर रुवायौ

Published on 12:30:00 PM //

प्रेम सुनार
“के त्यो अन्तिम रात पति–पत्नी संगै नाच भनेका थिए ईस्वरले ?” यस्तो प्रश्नमा घोत्लिँदै आँसुको आहलमा डुवेका छन् तमघास मिलनचोकका वासीन्दा यतिबेला, लुम्छा दुर्घटनाको विहनदेखि । विष्णु जो हिजोको बिभत्स दुर्घटनामा परेर हिँजै रिडीमा सेलाईए । तर पनि उनलाई आँफैले सेलाएर आउनेहरु नै अझै पत्याउनै सकेका छैनन् उनको इहलीला समाप्त भयो भन्नेमा ।
पत्यार लागोस पनि किन, दुर्घटनाको अघिल्लो दिन आधीरातसम्म त विष्णु आफैले छिमेकी दिदी-बहिनी जुटाएर तिज गितको रमझम (राम) बसाएका थिए ।
सम्झनामा मात्र रहेका उनी अर्थात स्वर्गिय विष्णुप्रसाद पन्थी ।  
“पान पिलाउरी सुन पिया गुरु जी....” यस्तै यस्तै तिज गित गाउँदा गाँउदै दिदीबहिनीहरुले भने– “अब विष्णुका बुढा बुढी नाच ।” त्यसै त विष्णु रंगिलो-फरासिलो मान्छे त्यस माथी दिदी बहिनीहरुको  त्यो आग्राह अनी उक्साहट । विष्णले पनि च्याप्प आफ्नी श्रीमती राधाको हात समातेर नाच्न ताने । राधा पनि बुढैले उठाएपछि नकार्न सक्नु भएन र लजाई लजाई फन्को मार्नु भयो ।
संयोगः बुढाबुढी पहिलो पटक त्यसरी सँगै नाचेका थिए र त्यो नै अब कहिल्यै नदोहोरिने गरी अन्तिम पनि भएर गयो । खुबै मस्केर नाचेका थिए उनिहरु, सुहाएको पनि खुबै थियो । नाचमा सवैखाले खुराक पस्कीए विष्णुले, ताल तालका नाच देखाए । "अरुका बुढी अरुसंग, बरु कम्मर भाँचिए भाँचिला भन्दै नारिएर नाच्न अगाडी सर्छन र त केहि हुन्न", यस्तै भन्दै लजाएकी बिष्णुले श्रीमती राधालाई हौसाएका थिए । पछी नाच खुबै जम्यो र सबैको वाहवाही पनि बटुल्यो । स्थानियवासी भन्छन् “अन्तिम दिन विष्णुले किन त्यस्तो कलेस पारेर हामीलाई छाड्यो ?”
विष्णु अर्थात नेपाल तरुण दलका जिल्ला सदस्य विष्णुप्रसाद पन्थी । तमघास मिलनचोकका स्थाई वासिन्दा । ३३ वर्षिय ठिटो । ३ सन्तान । एक वर्षअघि मात्र एउटा गाडी किनेका थिए उनले जुन गाडीको पालो भोली पर्ने भन्दै हिँडेको थिए उनी । राती अवेर सम्म नाचे आफ्नी श्रीमतीसँग अनि थोरै मसाला छर्कियो अरुलाई –“लौ हिंड् बुढी निद्रा लाग्यो... ।”
केहिछिन पछि गए सुत्न । थोरै बुढा–बुढीमा भालाकुसरीपनि भयो । छिप्पीएको रात उज्याले भएको पत्तै भएन । विहान पत्नी राधाले निद्रै-निद्रामा वाईवाईको हात हल्लाए पनि ति साना नानी वावुहरुलाई पत्तै भएन ।
आखिर दैब निर्दयी बनेरै छाड्यो ।
त्यसको केहिवेरपछि त गाईगुँई चल्न थाल्छ टोलमा । मिलनचोकका मान्छे एक आपसमा भन्छन–“अहिले तत्काल कसैलाई केहि नभन्नु तर......... ” । आखिर कतिबेर लुकाएर लुक्थ्यो र घटिसकेको घटना । संचार माध्यमले फुकेपछि सबै छर्लङै भयो । अनि त सवले भन्न थाल्छन्–“हिजो सांझ हेर त त्यो विष्णेका वुढावुढीको नाच ?” आँखा वरीपरी घुम्छन् तिनै बुढा बुढी, झर्छन आँसु सवका अनी मिलनचोक हुँदै पुरै तम्घास बजार डुब्छ आँसुको आहलमा । नजिकिँदै गरेको तिज । सधै जसो विष्णुले यसपालीको तिजमा पनि मिलनचोकलाई अन्यत्रको तुलनामा वेग्लै पहिचान दिएर आकर्षणको केन्द्र विन्दु बनाउला भन्ने आशा राखेका मिलनचोकवासीको लागि तिनै बुढा-बुढीको नाच नै यसपालीको अन्तिम तिज हुने देखिएको छ ।
अघिले दिनको त्यो गुन्जायमान मिलनचोक आज सुनसान छ । विष्णु अघिल्लो दिन सांझ यसै समचारदातासंग भेटेर मिलनचोकको तिज गितलाई ओझेलका खवर वनाउन आग्रह गरेका थिए । समाजसेवा र स्थानिय जनसरोकारका विषयमा अहोरात्र खट्ने बिष्णु तिनधरा पंधेरो सर–सफाईका क्रममा भनेका थिए – “यहाँका पत्रकारहरु ठुलावडाले हात मात्रै लगाए पनि ठुलो न्युज बनाउँछन् हामी युवा, सानो तिनेले ठुलै काम गरे पनि वास्ता गर्दैनन ।”
ठट्टाकारुपमा उनले भनेको त्यो कुरा कुनै पत्रकारहरुलाई अनहाक आरोप लागे पनि समग्रमा उनको त्यो ठट्टा साँचो सत्य हो भन्ने ठानेर अगाडी बढ्न सके नेतामुखी, प्रशासनमुखी पत्रकारिता निरुसाहित हुने थियो भन्ने सन्देश विष्णुले दिएर गएका छन् ।
विष्णु विनाको मिलनचोक, मिलनचोक विनाको विष्णु सुन्य लागेको छ यतिवेला । दैबको लीला टारेर नटर्ने रैछ । अल विदा विष्णु...भन्न बाध्य छौं । अघिल्लो रात मात्रै हाम्रो त्यो भेट–ठट्टा, विहान हुन नपाँउदै झिसमिसेमै  तिम्रो मृत्‍युको रिर्पोाटिङ्ग । न पत्याउन सकिने न सत्य लुकाएर विर्सन नै । तिम्रो भौतिक शरिर आज हामीमाझ नभए पनी तिमी सधै हामीमाझ रहिरहने छौं । श्रद्धान्जली तिमीलाई......... ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग