Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बडागाउँ र पिपलधाराका बिद्यालयमा बिबिध कार्यक्रम सम्पन्न

Published on 9:02:00 PM //


प्रेम सुनार
गुल्मी, भदौ २२ । आज विश्व साक्षरता दिवसको अवसरमा जनजागृती निम्न माध्यमिक विद्यालय बडागाउँ ७ चौर गूल्मीले वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतियोगितामा प्रथम हुने किरण नेपाली, द्धितीय सृजना सुनार, तृतीय विमला जि.सी र सान्त्वना टीकाराम फुलदेल भएका छन् । दिवसको अवसरमा सो विद्यालयले शैक्षिक जागरणका लागि विभिन्न गाउँमा प्रभातफेरी कार्यक्रम समेत गरेको थियो । शिक्षिका धनिसरा थापाको स्वागत मन्तव्य र शिक्षक टेकहरी फुलदेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बावुराम घिमिरे र रुपा मरासीनीले पनि मन्तव्य राख्नुभएको थियो भने प्रधानाध्यापक सुशीला पोखरेलले सभापतित्व ग्रहण गर्नुभएको थियो ।
यसैबीच ज्ञानोदय माध्यमिक विद्यालय पिपलधारा ४ गेतानी गुल्मीले पनि साक्षरता दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । दुई तहमा भएको प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुको पारिजात सदन २१ अंक लिई प्रथम भएको छ । लालुपाते सदन २० अंक लिई दोस्रो ,सूर्यमुखी सदन १८ अंक लिई तेस्रो र लालीगुराँस सदन १५ अंक लिई सान्तना पुरस्कारमा चित्त बुझाउनु परेको थियो । त्यस्तै सो विद्यालय कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुको अन्नपूर्ण सदन१८ अंक लिई प्रथम भएको छ । सगरमाथा सदन १६ अंक लिई द्धितीय ,धौलागिरी सदन १५ अंक लिई तृतीय र माछापुच्छ्रे सदन १२ अंक लिई सान्तना पुरस्कार प्राप्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोषबहादुर थापाको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक हुमबहादुर महतको अध्यक्षता र शिक्षक जगतप्रसाद आचार्यको सञ्चालन रहेको थियो । यसैबीच द्वाँगा प्रा.वि.अस्लेवा ३ गुल्मीले पनि सोही अवसरमा हाजिरी जवाफ कार्याक्रम सम्पन्न गरेको छ । प्रतियोगितामा गंगालाल सदन प्रथम, दशरथ सदन द्धितीय,धर्मराज सदन तृतीय र शुक्रराज सदन सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । व्यवस्थान समितिका अध्यक्ष जितबहादुर मिधुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रधानाध्यापक माधवप्रसाद ढकालले गरेका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग