Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुलिस नै चोर निस्के ! त्यो पनि ७० जना ?

Published on 5:20:00 PM //


विराटनगर, भदौ ३०-पुलिसनै चोर भएपछि के होला । तर भयो यस्तै । एक, दुइ जना हैन ७० जना चोर पुलिसहरू फन्दामा परेका छन् । यो हाम्रै नेपालको खबर हो ।

पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले मोरङ जिल्लामा कार्यरत सत्तरी प्रहरीलाई कारबाही गरेको छ। मोरङ जिल्लामा शृङ्खलाबद्धरुपमा भएको चोरीडकैती र लुटपाटमा प्रहरीको संलग्नता देखिएको र शान्ति सुरक्षामा समस्या देखिएपछि प्रहरीहरु कारबाहीमा परेको बताइएको छ।

पूर्वाञ्चल क्षेत्रीय प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेन्द्रबहादुर शाहको आदेशमा उक्त कारबाही गरिएको हो। अधिकांश प्रहरी एकैठाउँमा लामो समयसम्म रही चोरी डकैतीमा सहयोग गरेको र सुराकी दिएको अनुसन्धानमा देखिएपछि जिल्ला प्रहरी कार्यालय सिआरभीसहित प्रहरीलाई कारबाही गरिएको हो।

दुई हप्ताअघि विराटनगरका पेट्रोलियम व्यवसायी हृतेन्द्र अग्रवाल र प्रतिष्ठित रिजाल परिवारको घरमा तीन दिनभित्र रु ३० लाखभन्दा बढीको डकैतीमा सिआरभी प्रहरीको नेतृत्वमा डकैती भएपछि कारबाही गरिएको हो।

पुलिस चोरलाइ कारवाही भने सामान्य छ । अधिकांशको कारबाहीस्वरुप सरुवा गरिएको छ भने कतिपयमाथि अनुसन्धान थालिदै छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग