Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छोरीलाइ करणी गरेर एचआईभी सार्ने बाबु २५ बर्ष जेल

Published on 2:47:00 AM //


आफ्नै नाबालक छोरीलाइ बलात्कार गरेर जानाजान छोरीलाइ एचआईभी संक्रमित गराउने बाबु २५ बर्ष जेलमा सड्ने भएका छन् । भारतको दिल्ली अदालतले एक व्यक्तिलाइ २५ सालको सजाय सुनाएको हो । ति व्यक्तिले आफ्नै सौतेली छोरीलाइ बलात्कार गरेर संक्रमण गराएको थियो । यति गरेर उस्ले छोरीको गर्भपतन गराएको थियो ।

भारतमा यति ठूलो सजाय यौन मामलनमा यसअघि भएको थिएन । दोषी एचआइभी संक्रमित भएकाले कम सजय तोक्न गरिएको वकिलहरूको आग्रहलाइ अदालतले इन्कार गरेको हो ।
ति बालिकाले अदालतमा आमाको मृत्यु भएपछि बाबुले लामो समयदेखि करणी गर्दै आएको बताएकी छिन् । ति बालिकालाइ दुइलाख राहात दिन सरकारका नाममा अदालतले आदेश गरेको भारतीय सञ्चार माध्यमले खबर दिएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग