Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो रह्यो नेपाली महिला समाज, कतारको प्रथम तीज (फोटो फिचर)

Published on 2:48:00 PM //



भुवन केसी
दोहा कतार, सेप्टेम्वर १४ । नेपाली नारीहरुको महान चाड हरितालिका पर्व तिजको अवसरमा नेपाली महिलाहरुको हक हितको लागि गठित नेपाली महिला समाज दोहा कतारले सेप्टेम्वर १४ मा एक भव्य रमाइलो तीज कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली महिला समाज दोहा कतारकी अध्यक्ष रेखा राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मुख्य अतिथिको रुपमा नेपाली राजदुतावासकी महामहिम नेपाली राजदुत श्रीमती माया कुमारी शर्माद्धारा उद्घाटन तथा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो, कतारको राजधानी दोहाको गल्फ होराइजन होटेलमा सम्पन्न सो कार्यक्रममा कतारमा संगठित विभिन्न नेपाली  संघ संस्थाका प्रतिनिधि, व्यावसायी, मिडियाकर्मी तथा कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदीवहीनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानिय नेपाली कलाकर्मीद्धारा तीज सम्वन्धि वेजोड सांगितिक सौगात प्रस्तुत गर्नुृका साथै नृत्यद्धारा उपस्थित सवैलाई आफनो देश, कला सस्कृति देखि टाढा रहेता तीजको समयमा घन्कने भाकाले यो प्रस्तुतीले स्वदेशमै भएको भान भएको थियो ।

नेपाल पत्रकार महासंघ कतार शाखाको प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ कतार शाखाको एक दिवशिय पत्रकारिता तथा भाषालेखन प्रशिक्षण कार्यक्रम श्री कुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ कतार शाखाको आसन्न अधिवेशनको पुर्व सन्ध्यामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि तथा नेपालदेखि उक्त कार्यक्रमलाई प्रशिक्षण दिनको निम्ति पाल्नुभएका कान्तिपुर पव्लिकेशनका श्री अखण्ड भन्डारीले नेपाली भाषा र यसको पत्रकारीतामा प्रयोग सम्वन्धमा प्रष्ट पार्नुभएको थियो भने अर्का अतिथि उज्यालो नेटर्वकका संचारकर्मी सुनिल न्यौपाने तथा श्री कृष्ण गुरागाँइले संचारको महत्व र उज्यालो नेटवर्कले खेलेको भुमिका प्रति आफनो धारणा प्रस्तुत गर्नुभएको थियो । उक्त तालिमबाट पत्रकारिता तथा भाषिक ज्ञान, शिप, तथा क्षमता अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुगेको सहभागि श्री टेकराज थापाले बताउनुभयो । दोहा कतारको होमल्याण्ड रेष्टोरेन्टको सभाहलमा करिव ६० जना सहभागि रहेको उक्त कार्यक्रम आसन्न अधिवेशन आयोजक समिति संयोजक करिम वंक्स मियाँले सन्चालन गर्नुभएको थियो  ।





भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग