Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यसरी निष्कृय पारीयो गुल्मीमा भेटिएका बम साथमा स्थानियको प्रतिकृया (भिडियो)

Published on 12:11:00 AM //

जनार्दन घिमिरे
गुल्मी, १८ भदौं । गुल्मीको सदरमुकाम तम्घासमा निर्माणाधिन नेपाल टेलिकम कार्यालय नजिकै आइतबार फेला परेका ८ वटा सकेट बम नेपाली सेनाले निष्कृय पारेको छ । भैरहवाबाट आएको नेपाली सेनाको वम डिस्पोजल टोलीले आज विहान मात्र ति वमलाई निष्कृय पारेको हो । गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको ह्वाक्ने छहरा भन्ने स्थानमा लगेर ती वमलाई निष्कृय पारिएको हो ।
नेपाल टेलिकम गुल्मी शाखाले किनेको नयाँ जग्गामा भवन निर्माणका लागि घडेरी खन्ने क्रममा सकेट भित्र तार फ्यूज सहितको उक्त वम फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयसंग जोडिएको उक्त जग्गामा घडेरी खन्ने क्रममा कामदारहरुले वम फेला पारेका थिए । वम रहेको स्थान वरिपरि चारैतिर वस्ती रहेका कारण उक्त वमलाई निष्कृय पार्न निकै सावधानी अपनाउनु पर्ने भन्दै वम डिस्पोज गर्नका लागि २२ नम्वर वाहिनी अड्डा वुटवलवाट आएको क्याप्टेन मनोज राना मगर सहितको वम डिस्पोजल टोलीले उक्त वम निष्कृया पारेको कालीदत्त गुल्मका गुल्मपति मनोज थापाले जानकारी दिए । द्वन्दकालीन समयमा उक्त स्थानमा शसस्त्र प्रहरीको अस्थायी क्याम्प राखिएको थियो ।



Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग