Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ट्याक्टर दुर्घटना हुँदा १ गम्भिर घाईते, एक चौपाया मर्यो

Published on 4:41:00 AM //


पि.एम.मगर
गुल्मी, भदौ १९ । अर्घाखाँची जिल्लाको मरेङ्ग गाविसमा ट्याक्टर दुर्घटना हुँदा १ युवा गम्भिर घाईते भएका छन। मरेङ्ग गाविसको वार्ड नं. ६ मालारानी भन्ने स्थानमा ढुङ्गा लोड गरिरहेको अवस्थामा लु २ त ४४६९ नं. को ट्याक्टर दुर्घटना हुँदा सोही वार्डको पल्ला आरुगैरा भन्ने स्थानका वर्ष १७ का विष्णु नेपाली गम्भिर घाईते भएका हुन । ज्यालादारीमा ढुङ्गा लोड गर्दै गरेका नेपालीले ट्याक्टरको क्लज च्याँपेपछि ट्याक्टर सडकवाट करिव १० मिटर तल खसेको छ। ट्याक्टरले सो स्थानका थम्मन पाण्डेको गोठमा समेत क्षति पु¥याएको छ भने एक भैँसी समेत च्याँपिएर मरेको छ। घाईते नेपालीको शरिरका विभिन्न स्थानमा चोट लागेको छ। घटना लगत्तै ट्याक्टरका चालक स्वयंले अर्घातोष प्रहरी चौकीमा गई प्रहरीलाई खवर गरेका थिए। घाईते नेपालीको अहिले जिल्ला अस्पताल तमघासमा उपचार भईरहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग