Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीकी गंगालाई दीपाश्री सहित अन्य कलाकारहरुले सम्मान गर्ने

Published on 9:10:00 PM //


आशा अपांग केन्द्र, गुल्मीकी अध्यक्ष गंगा रायमाझीलाई अभिनेत्री दीपाश्री निरौलाले सम्मान भएकी छिन् । राजधानी काठमाडौंबाट निकै टाढा गुल्मीमा रहेर बिगत केही बर्षदेखी नि:स्वार्थ रुपमा अपांगहरुको क्षेत्रमा काम गरेबापत गंगा सम्मानित हुन लागेकी हुन । गंगालाई दिपाश्रीका अलावा कलाकार कविता शर्मा, गोमा के.सी र नायिका निशा अधिकारीको समुहले सम्मान गर्न लागेका हुन ।यही भदौ २३ गते तीज बिशेष कार्यक्रमको आयोजना सहित हुन लागेको सम्मान तथा सहयोग कार्यक्रममा गंगासहित समाजसेवी दिलशोभा श्रेष्ठ, गोमा राई, अरुणा उप्रेती र भिमा खतिवडा सम्मानित हुन लागेको गुल्मीन्युज डट कमलाई दिपाश्रीले जनाकारी दिएकी छिन् । सम्मान कार्यक्रमलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।
कार्यक्रममा महानायक राजेश हमाल, नायिका करिष्मा मानन्धर, झरना थापा, रेखा थापा, सुष्मा कार्की सहित अन्य चर्चित हास्यकलाकारहरुको पनि उपस्थिती रहने छ । अभिनय मात्र नभएर समाज सेवालाई पनि अगाडि बढाउने उद्धेश्यले उक्त कार्यक्रम गर्न लागेको दीपाश्रीको भनाइ छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग