Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको टिम पोखरामा आयोजित तीज प्रतियोगितामा दोस्रो

Published on 3:20:00 AM //


 जनार्दन घिमिरे
गुल्मी, ३० भदौ । जिल्ला कृषि विकास कार्यालय गुल्मीले शनिबार परिश्रमी वहुउद्देश्यीय कृषि सहकारी संस्था नेटालाई एक कार्यक्रमका विच सम्मान गरेको छ । गुल्मी जिल्लावाट प्रतिनिधित्व गरेर क्षेत्रीय कृषि निर्देशनालय पोखराले कास्किमा आयोजना गरेको कृषि तीजिगीत प्रतियोगितामा चौध जिल्लाका सहभागि प्रतियोगिहरुसँगको प्रतिस्पर्धामा गुल्मीले दोश्रो स्थान प्राप्त गर्न सफल वनेको भन्दै आज उक्त समूहलाई कार्यालय परिशरमा धन्यवाद सहित सम्मान गरेको हो ।
सहभागिहरुलाई सम्मान गर्दै जिल्ला कृषि विकास कार्यालय गुल्मीका वागवानी अधिकृत फटक वहादुर थापाले गुल्मीको अति विकट ग्रामिण क्षेत्रवाट सवै प्रतिस्पर्धिहरुलाई उछिन्दै जिल्ला स्तरसम्म आई पुगेर क्षेत्रीय स्तरमा पुगेर दोश्रो स्थान प्राप्त गर्नु गुल्मीवासीहरुको लागि खुसिको विषय भएको वताउनु भएको थियो । कार्यक्रममा उहाँले आउँदा वर्षहरुमा गुल्मीले उत्कृष्ट स्थान प्राप्त गर्ने तर्फ उन्मूख हुन सहभागिहरुलाई आग्रह गर्दै सम्मान व्यक्त गर्नु भएको थियो । कार्यक्रममा संस्थाको तर्फवाट प्रतिमा केसीले आफुहरुले सिकेको अनुभवलाई सँगालेर आउँदा दिनहरुमा समूहले कृषि क्षेत्रको उन्नती र विकासका लागि योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
सम्मान कार्यक्रममा पोखरामा सहभागिताको लागि गएका संस्थाका प्रतिनिधिहरु रनमाया पुन, कर्ण वहादुर श्रीस, नृत्य तर्फ लिला वुढामगर, गाईकाहरु प्रेरणा श्रीस, नमिता श्रीस, रचना श्रीस, गिता रेस्मी र वाद्यवाधन तर्फ चुरा जिसी र रविन श्रीसलाई लगायतलाई सम्मान गरिएको थियो । उक्त समूह गत साता जिल्ला कृषि विकास कार्यालय गुल्मीले आयोजना गरेको खुल्ला कृषि तीजिगीत प्रतियोगितामा जिल्लावाट प्रथम स्थान प्राप्त गरि प्रतिस्पर्धाकालागि भागलिन क्षत्रीय कृषि निर्देशनालय पोखराले आयोजना गरेको प्रतियोगितामा सहभागिता जनाउने अवशर प्राप्त गरेको थियो । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक डोमलाल भुसाल, कृषि सम्पर्क केन्द्र प्रमुख चेतनारायण पन्थी लगायतको सहभागिता रहेको थियो ।


Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग