Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाओवादी क्षेत्र नं.३ को ईलाका बैठक सम्पन्न सम्पन्न

Published on 1:53:00 AM //


प्रेम सुनार
गुल्मी, भदौ २१ । पहिलो पटक केन्द्रदेखि गाउँतह सम्म सम्मेलनबाट नेतृत्व चयनमा उत्रिएको एकिकृत नेकपा माओवादी गुल्मी जिल्लाले क्षेत्र नं.–३ अन्तर्गत चार वटै ईलाका सम्मेलन तयारी वैठक एवं प्रशिक्षण सम्पन्न गरी आज सदरमुकाम तम्घास फर्किएको छ ।
बर्षायामको मोटरबाटोमा वाईक समेत गुडाउने अवस्था नभएपछि एकदेखि अर्को ईलाकामा पुग्न ६ घण्टासम्मको पैदल यात्रा गरि चारवटा ईलाका सम्मेलन तयारी बैठक सम्पन्न गर्न एक हप्ता समय लागेको ३ नं. क्षेत्रिय सम्मेलन आयोजक समिती संयोजक बुद्धि जि. सी.ले बताउनु भयो । सो पार्टीका प्रचार विभाग पैमुख समेत रहेका जिंसीले दिएको जानकारी अनुसारे दर्लामचौर, दोहली, छापाहिले अमरपुर, मरभुङ्ग, घमिर र अर्जै गाउँ कमिटी सहित ईलाका नं.१३ को ईलाका सम्मेलन असौज १६ गते अर्जैमा हुने भएको छ । त्यसका लागि मगँरात राज्य सम्मेलन समिती सदस्य सुर्यबहादुर वुढाको संयोजकत्वमा १०३ सदसिय ईलाका सम्मेलन समिती गठन गरिएको छ ।
केन्द्रिय सम्मेलन समिती सदस्य दिनेश पन्थीको पैमुख आतिथ्यतामा सम्पन्न बैठकले सम्मेलन तयारीका लागि विभिन्न उप समिती गठन गरेर जिम्मेवारी बाँडफाँड समेत गरेको छ । सो ईलाका बैठक अर्जैमा भएको थियो । त्यस्तै पौदीअमराई, नेटा, दर्लिङ्ग, हवाङ्गदी र अर्खवाङ्ग सहितका १० नं. ईलाका बैठक नेटा गाविसमा सम्पन्न भएको छ । वैठकले राज्य समिती सदस्य एवं वाईसियल जिल्ला अध्यक्ष ज्ञानकुमार वुढाको संयोजकत्वमा १०५ सदस्यीय इलाका सम्मेलन आयोजक समिति गठन गरेको छ । सो इलाकामा असोज १७ गते नेटा गाविसमा सम्मेलन हुने जनाइएको छ ।
इलाका नं १२ को बैठक पनि म्यालपोखरी गाविसमा सम्पन्न भएको छ । म्यालपोखरी, अग्लुङ, बाँझकटेरी, मलायगिरी, सिर्सेनी, पूर्कोटदह, भनभने सहित उक्त इलाका सम्मेलन आयोजक समिति राज्य सम्मेलन समिति सदस्य बेगमबहादुर बोहोरा चन्दको संयोजकत्वमा १ सय छ सदस्यीय सम्मेलन आयोजक समिति गठन भएको छ । त्यस इलाका सम्मेलन असोज १९ गते म्यालपोखरी गाविसमा सम्पन्न हुने बताइएको छ ।
यता जैसीथोक, धुर्कोटरजस्थल, वस्तु, वाग्ला, नयाँगाउँ, पिपलधारा र हाडहाडे सहित इलाका नं ११ को सम्मेलन आयोजक समिति राज्य समिति सदस्य गोपाल पोखरेलको संयोजकत्वमा १ सय ७ सदस्यीय आयोजक समिति गठन भएको छ । सो इलाकाको सम्मेलन असोज २० गते जैसीथोकमा हुने जनाइएको छ । ४ वटै इलाकाको बैठकमा केन्द्रीय सम्मेलन समितिका सदस्य दिनेश पन्थी र ३ नं क्षेत्रिय संयोजक बुद्धि जि.सी.ले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा गाउँ र वडा तहसम्म बैठक सम्पन्न गर्ने , पार्टी सदस्यता नविकरण तथा नवप्रवेसीहरुलाई सदस्यता दिलाउनका लागि जिल्ला पार्टी कार्यालयमा सिफरिस पठाउने सम्मेलन भव्य रुपमा सम्पन्न गर्न साधारण सदस्यदेखि नेतृत्वसम्मले पूरापूर ध्यान केन्द्रित गरी अहोरात्र खट्नुपर्ने केन्द्रीय सदस्य पन्थीले निर्देशन दिनुभएको थियो ।
यसैबीच क्षेत्र नं १ र २ का इलाका बैठकहरु पनि चलिरहेको प्रचार विभाग प्रमुख बुद्धि जि.सी. ले जानकारी दिनुभएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग