Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिबादका बिच वाल कल्याण समिति गठन, छुट्टाछुट्टै बाल दिवस मनाइने

Published on 1:28:00 AM //


प्रेम सुनार
गुल्मी, भदौ २९ । अहिलेसम्म सर्वसाधारणहरुकै नेतृत्वमा रहँदै आएको जिल्ला वाल कल्याण समिति पुर्व समितिलाई समेत थाहै नदिई सरकारी संयन्त्रले नयाँ समिति गठन गरेको छ । पुर्व समितिको म्याद सकिएको गत मंसिरमा हो तर महिला तथा वाल वालिका अधिकृत जमुना पौड्याल र समितिका पदाधिकारी विच सम्वन्ध चिसिएपछि विद्यानतः साधरण सभा बोलाएर समिति गठन गर्न सकेका थिएनन् ।
सदस्य सचिव पौड्यालले समितिलाई नटेरेको र आफु खुशी चल्दै आएको आरोप समितिका अध्यक्ष नन्दराम भुषाल लगाएतका पदाधिकारीले लगाउँदै आएका थिए भने यता अधिकृत पौड्यालले आफुलाई काम गर्न नदिएको आरोप लगाउँदै आएकी थिइन् । यि दुई पक्ष विच आरोप–प्रत्यारोपको जुहारी गत वर्षदेखि चल्दै आईरहेको वेला बुधवार प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालको अध्यक्षतमा नयाँ समिति गठन भएको हो । नेतृत्व लिने अर्को ब्यक्ति खडा नहुने बेलासम्म आफ्नो अध्यक्षतामा समिति गठन गरिएको प्र.जि.अ. नेपालले बताए ।
यता अध्यक्ष नन्दराम भुषालले भने आफुहरुलाई जानकारी नदिईएको बताए । “बुधबार गठन गर्ने बेलामा सुँईकोसम्म नदिने अर्को दिन बल्ल बोलाइएको थियो", भुषालले भने, ‘यतिका वर्ष समितिमा रहेर काम गरेका मान्छेहरुलाई अपमान गरिएको महशुस भएको छ ।”
“मैले बुझ्–बुँराथ पनि गरेको छैन’ उनले गुनासो गरे–‘ठिकै छ गरुन उनैहरु आफैले ।" भुषाल जिल्ला वाल संगठनका अध्यक्ष पनि हुन । संगठनले बुधवारै देखी आफ्नै तरिकाले राष्ट्रिय वाल दिवस मनाउदै छ । वाल कल्याण समितिले पनि भोली फेरी आफ्नै तरिकाले मनाउने भएको छ । अहिलेसम्म जिल्लामा संयुक्त रुपमा मनाईँदै आएको भदौ २९ को वाल दिवसको परम्परा समेत यि दुईपक्षको कटुताले तोडिने भएको छ ।
बालसंगठनले बालमन्दिर संचालन गर्दै आएको छ । उसले बुधवार र बिहीवार जिविस, गविस र स्वस्थ्य कार्यालयको सहयोग लिइ विविध कार्यक्रमका साथ मनाउदै छ । गत वर्षको वाल दिवस मनाउँदा पनि महिला विकास अधिकृत पौडेयाल र समिति विच चर्को विवाद भएको थियो ।
“अध्यक्ष भुषालको अनपस्थितीमा समितिले उपाध्यक्ष कृष्णप्रसाद भण्डारीलाई समारोहको अध्यक्षता गरायो तर पौड्यालले सिडिओसाव हुनु पर्छ भन्दै समारोह छाडेर हिडिन् पुर्व समितिका सचिव बिष्णु पन्थीले भने–‘अहिले मलाई पनि पौड्यालले अपमानजनक ढंगले प्रशासन मार्फत पत्र कटाएकी छन् ।”
समितिको कार्यालय प्रसाशनमा थियो जव केहि दिन पुर्वै प्रशासन अर्को स्थानमा स¥यो तव मलाई प्रशासनकै मान्छेले बोलाएर सामानहरु सार्न लगाएका हुन अहिले पौड्याले आफुलाई जानकारी नदिई समानहरु सारेको भन्दै पत्र काटेकी छन्‘, उनले भने ।
उनले महिला विकास अधिकृत समितिका केहि पदाधिकारीहरुले काम गर्न नदिएको भन्दै गत वर्षदेखि नै तनावमा रहेको वताएकी थिईन् । सििमतिका केहि पदाधिकारीले आफुहरुलाई जानकारी नदिइ गतवर्ष जिल्ला विकास समितिबाट रकम निकाली कार्यक्रम गरेको आरोप समेत उनलाई लगाउँदै विज्ञप्ती वाजी गरेका थिए । पछील्लो विषयमा सम्पर्क गर्न खोज्दा पौड्यालसंग सम्पर्क हुन सकेन । श्रोतका अनुसार सरकारी संयन्त्रको वाल कल्याण समितिमा सिडिओ संरक्षक हुने प्रवधान छ । समितीमा सुरुमा नरप्रसाद श्रेष्ठ अध्यक्ष थिए, त्यसपछि भुषालले ४ वर्षदेखि नेतृत्व दिईरहेका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग