हङकङमा नेपालीहरुको ग्याङ फाईटमा गुल्मीका युवा मारिए (फोटो फिचर सहित)
Published on
11:01:00 PM //
हङकङ, २५ सेप्टेम्बर । हङकङ स्थित युन लोङको नाम पिन वाइमा आइतवार राति भएको ग्याङ फाइटमा गुल्मीका एक युवा मारिएका छन ।
स्थानिय दुई नेपाली समूहबीच राति करीव पौने १० बजेतिर झडप भएको थियो । घरेलु हतियार प्र्हार पश्चात घाँटी र छातिमा गहिरो चोट लागेर गम्भीर घाइते भएका गुल्मी घर भई बुवा-आमाका साथ हङकङमा बसोबास गर्दै आएका १९ वर्षीय अनुप थापाको अस्पताल लगेको एक घण्टापछि मृत्यु भएको थियो।
![]() |
झडपपछि घाइते भएका एक नेपाली युवकलाई अस्पताल लगिदै। तस्विर सौजन्यः एप्पल डेली |
पारिवारिक स्रोतको भनाई उदृत गर्दै एप्पल डेलीले लेखेको छ- अनुप नेपाल गएर करीव ३ महिनाअघि मात्र हङकङ फर्किएका थिए । उनी आफ्ना परिवारसंग युके (बेलायत) जाने तयारी गर्दै थिए ।
समाचार स्रोतका अनुसार करीव २० जना साथीहरुसंग बास्केट बल कोर्टमा रहेका बेला अर्को समूहले एक्कासी अनुपलगायत उनका साथीहरुमाथि आक्रमण गरेका थिए।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले २० देखि २५ वर्षसम्मका ५ जना युवकहरुलाई पक्राउ गरेको छ।
प्रहरीले हत्या र आक्रमणमा प्रयोग भएका छुरा, घन, कैची, सीसाका फुटेका बोटलहरु तथा फलामका रडहरु बरामद गरेको जनाईएको छ। त्यसै गरी, प्रहरीले घटनास्थलमा जडान गरिएको सीसीटिभी फुटेजको अध्ययन गरिरहेको जनाइएको छ।
![]() |
एप्पल डेलीमा प्रकाशित अनुप थापाको फाइल तस्विर |
![]() |
छोरा गुमाएपछि शोकमा डुबेका अनुपका बुबा (भूईंमा बसेको) |
![]() |
मृतक अनुप थापाको फाइल तस्विर |
![]() |
घटनास्थलको अनुसन्धान गर्दै हङकङ प्रहरी। |
![]() |
हत्यामा प्रयोग भएका हतियार लगिदै सादा पोशाकका प्रहरीहरु। |