Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

६ महिनादेखि १५ बर्षिया किशोरिलाई राक्षसी शैलीमा बलात्कार

Published on 10:42:00 AM //


-टेकराज थामी/सौर्य दैनिक
काठमाडौं, १९ भदौ । दुईवटी श्रीमती भएर उनलाई पुगेन । आफ्नो यौनतिर्खा मेट्न एक पन्ध्र वर्षीया किशोरीलाई सिकार गरे । त्यो पनि पटक–पटक उनकै घरमा घुसेर, परिवारकै सामुन्ने पनि ।

यी महाशय हुन् ललितपुर हरिसिद्धि–१ का राजु महर्जन । ६ महिनादेखि आºनै गाउँकी १५ वर्षीया महिमा श्रेष्ठ (नाम परिवर्तन)किशोरीलाई बलात्कार गर्दै आएका उनलाई प्रहरीले पक्राउ गरेको छ । महिमाका परिवारलाई विभिन्न धम्की दिएर उनले यौनप्यास मेट्दै आएका थिए । यस काममा महर्जनका श्रीमतीहरूले समेत आºनो श्रीमान्लाई सघाएको पीडित परिवारको भनाइ छ ।

‘राजु घरमै आएर ढोका भत्काउन खोज्थ्यो,’ महिमाकी आमाले सौर्यसँग सोमबार भनिन्, ‘खबर बाहिर गए परिवारका सबैलाई सिध्याउने धम्की दिन्थ्यो । आँखैअगाडि सबै कुरा हुँदा पनि कसैलाई भन्न सकेनौँ ।’
महानगरीय प्रहरी परिसर ललितपुरले आइतबार पीडितको मौखिक उजुरीका आधारमा राजुलाई पक्राउ गरेको हो । पीडितले किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको छैन । राजुलाई अहिले अनुसन्धानका लागि हिरासतमा राखिएको छ । स्थानीय सरकारी विद्यालयमा कक्षा सातमा पढ्ने महिमा अहिले एउटा बालगृहको संरक्षणमा छिन् ।
महिमाकी आमाका अनुसार राजुले गत वर्ष फागुन २८ गतेदेखि भदौ ९ गतेसम्म लगातार बलात्कार गर्दै आएका थिए । यौन सम्पर्क गरेको भिडियो रेकर्डसमेत गर्न भ्याएका राजुले ‘भिडियो गाउँभरि फैलाइदिने’ चेतावनी पनि दिएको उनले बताइन् । त्यो भिडियो अहिले प्रहरीले लिएको उनको भनाइ छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसपी वसन्त पन्तले राजुलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको बताए । उनले भने, ‘बालिकासँग बयान लिँदा बलात्कार गरेको भनेकी छन्, ल्याब टेस्ट गर्न पठाएका छौँ, रिपोर्ट आएपछि सबै कुरा थाहा हुन्छ ।’
आºनो सम्पत्तिको आडमा गाउँमा रवाफ र दादागिरी जमाउँदै आएका राजुका दुई श्रीमती छन् । जेठी अम्बिका र कान्छी केशरी । राजुका दुवै श्रीमतीले आºनो घरको काम गर्न महिमालाई बोलाउने गर्थे । नाइँनास्ती गर्दा पनि केहीसीप लाग्दैनथ्यो । गत फागुन २८ गते कान्छी श्रीमती केशरी महिमालाई बोलाउन घरमै आइन् । महिमा विद्यालय जाने तयारीमा थिइन् । तर, केशरीले निकै कर गरेपछि उनी काम गर्न गइन् । घरको काम सकिएपछि केशरीले महिमालाई घर पठाइनन् । उनका श्रीमान् राजुसँग घुम्न जाऊ भन्दै रेस्टुरेन्टतिर पो पठाइन् । महिमाकी आमाले भावुक हुँदै सौर्यसँग भनिन्, ‘मेरी छोरीलाई घर पठाउनुको सट्टा साउनीले त उनकै श्रीमान्सँग रेस्टुरेन्टतिर पो पठाइछन् ।’
स्थानीयले घुम्न गएको देखेपछि महिमाको आमासमक्ष त्यो खबर पुग्यो । उनले छोरी महिमालाई गाली गरिन् र राजुकी दुवै श्रीमतीसँग घरमै पुगेर गुनासो पोखिन् । तर, उनीहरूले उल्टै झपारेर पठाएको उनी बताउँछिन् । सोही साँझ राजु महिमाको घरमै पुगे । ढोकामा हिर्काउँदै भित्र पसेर उनले यो कुरा बाहिर ल्याए सबैलाई सिध्याउने धम्की दिन थाले । राजुले बाहिर निस्किएकी महिमाकी आमालाई लछार–पछार गर्दै हातपातसमेत गरे । उनले भनिन्, ‘उनीहरू धनीमनी छन्, जे पनि गर्न सक्छन् । हामी कमजोर भएकाले हाम्रो पक्षमा कसैले बोलेनन् ।’
राजुको घरबाट महिमालाई बोलाउने क्रम रोकिएन, झन् बढ्दै गयो । पहिले राजुकी श्रीमती बोलाउन जान्छे, पछि राजु आफैँ जान थाले । धम्क्याउँदै जबर्जस्ती लिएर जान्थे । आमाले भनिन्, ‘छोरीको विद्यालय ४ बजे छुट्टी हुन्थ्यो, घरमा आउँदा साढे चार हुन्थ्यो । त्यतिबेलै राजु अथवा राजुकी श्रीमतीहरूलाई बोलाउन आउँथे र जबर्जस्ती लिएर जान्थे । त्यसपछि छोरी रातको आठ बजे मात्रै घर फर्कन्थी ।’
उनले थपिन्, ‘पछि त राजु प्रत्येक रातजसो नै कहिले ढोकाबाट त कहिले झ्याल र बार्दलीबाट हाम्रो घरभित्र छिर्न थाल्यो । पहिले लुकीलुकी कुकर्म गथ्र्यो, पछि त हामै्र आँखाअगाडि गर्न थाल्यो । डरले पुलिसमा उजुरी गर्न सकेनौँ ।’
१ भदौको घटना सम्झिँदै उनले भनिन्, ‘हामी सधँै झ्याल–ढोका बन्द गरेर सुतेका थियौँ । रातको करिब २:३० बजे राजु झ्याल फोडेर घरभित्र छिरेछ । हल्ला हुने डरले छोरीलाई मुख थुनेर आºनो घरमा लिएर गएछ । बिहानै राजुकी जेठी श्रीमती अम्बिका तिम्री छोरी मेरो घरको कोठामा पो रहिछ भन्दै आइन् । हामी अत्तियौँ । मैले मेरी जेठी छोरीलाई बुझ्न पठाएँ । त्यसबेला छोरीलाई त राजुको घरको सोफामुनि पो लुकाइराखेको रहेछ ।’
गहभरि आँसु पार्दै उनले ९ भदौको अर्को घटना सुनाइन्, ‘खेतको काम सकिएपछि हामी घर फर्कियौँ । साँझ छोरी नुहाउन जान्छु भन्दै सार्वजनिक धारा गई । पेटिकोट बेरेर ऊ नुहाउँदै थिई । त्यहीबेला राजु आइपुगेछ । उसले छोरीलाई जुरुक्कै बोकेर घरमा लगेछ । बल्ल–तल्ल छोरी पुत्किछ । तर, भाग्न खोज्दा राजुले शरीरको पेटिकोट नै फुकाली नांगै पारेछ । त्यति गर्दा पनि भागेर आइछ । चिच्याउँदै घरभित्र छिर्दा हामीले झन्डै नचिनेको । नांगै देखिपछि बल्ल–तल्ल मैले बर्को ओढाइदिएँ ।’
उनले अगाडि भनिन्, ‘डरका कारण हामीले स्थानीय प्रहरीमा उजुरी हाल्न सकेनौँ । तर, असैह्य भएपछि ज्यानको माया मारेर जावलाखेल आयौँ र उजुरी गर्‍यौँ ।’ महिमाको परिवार आर्थिकरूपमा विपन्न छ । बाबु सामान्य खेतिकिसानी गर्छन् । महिमाका बाबु र आमाको अन्तरजातीय विहे भएकाले स्थानीय समाजबाट पनि उनीहरु अपहेलित छन् ।
एसपी पन्तले भने यस घटनालाई समाचारमा नल्याउन आग्रह गरे । ‘समाचारमा आयो भने घटना तोडमोड हुन सक्छ, मेडिकल रिपोर्ट आएपछि मात्रै केही भन्न सकिन्छ,’ उनले भने । आरोपीको प्रारम्भिक बयान प्रहरीले लिए पनि बयानमा के छ भन्ने पन्तले खुलाउन चाहेनन् । (सौर्य दैनिकबाट,  तस्विर: गुगल)

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग