Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निजामती कर्मचारी र उनिहरुका छोराछोरी सम्मानित

Published on 7:39:00 PM //


पि.एम.मगर
गुल्मी, भदौ १९ । निजामती कर्मचारी युनियन दिवस २०६९ को अवसरमा नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति गुल्मीले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
युनियनले एक वर्षभित्र सेवा निवृत कर्मचारीलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा जिल्ला वन कार्यालयका हरिलाल न्यौपाने, जिल्ला हुलाक कार्यालयका लेखनाथ पन्थी र प्रेम नारायण पन्थी, जिल्ला स्वास्थ्य कार्यालयका खडाधर अर्याल र मानवहादुर कुवँर लगायत १२ जना रहनुभएको छ । त्यस्तै सामुदायिक तथा नीजि विद्यालयतर्फवाट गरी सेवारत र सेवा निवृत कर्मचारीका एस.एल.सी.मा जिल्ला उत्कृष्ट २ जना छोरा छोरीलाई समेत सम्मान गरिएको छ । यसरी सम्मानित हुनेमा जिल्ला हुलाक कार्यालयमा कार्यरत टेमलाल पाण्डेकी छोरी रचना पाण्डे र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा कार्यरत लक्ष्मण गौतमको छोरा प्रवास गौतम रहेका छन् ।
सम्मानित सामुदायिक विद्यालयतर्फकी पाण्डेले ६३.६३ प्रतिशत र नीजि विद्यालयतर्फका गौतमले ८५.८८ प्रतिशत अंक ल्याई एस.एल.सी. उत्तीर्ण गरेका थिए । यसै गरी आज विहान जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण समेत गरिएको थियो भने सोमवार निजामती महिला म्यूजिकल चियर प्रतियोगिता समेत सम्पन्न भएको थियो । प्रतियोगितामा जिल्ला पशु सेवा कार्यालयकी पार्वता भुसाल विजेता हुनुभएको थियो ।
आजै सम्पन्न शुभकामना कार्यक्रममा प्रमुख अतिथि निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य जयश्वर पन्थीले जिल्लामा भ्रष्ट्राचार रोक्न युनियन सशक्त भएर लाग्ने वताउनुभयो । साथै उहाँले सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्न समेत आफुहरु सधै संवेदनशिल भएर लाग्ने कुरामा जोड दिनुभयो । विशेष अतिथि प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले निजामति कर्मचारीहरु विभिन्न ट्रेड युनियनमा आवद्ध रहेपनि जनताको सेवाप्रति केन्द्रीत हुनुपर्ने वताउनुभयो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला सम्मेलन आयोजक समिति सदस्य निमवहादुर पाण्डे, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी शालिक पन्थी, नेकपा एमालेका उपाध्यक्ष मधुकृष्ण पन्त, नेकपा माओवादीका घनवहादुर खड्का, राप्रपा नेपालका उपाध्यक्ष ठाकुरप्रसाद पाण्डे, नेपाल महिला संघकी अध्यक्ष विष्णु सापकोटा, नेपाल तरुण दलका अध्यक्ष खिलध्वज पन्थी, शिक्षक संघका अध्यक्ष प्रेमनारायण भण्डारी, सेवा निवृत कर्मचारी मञ्चका महाशर्मा भण्डारी, निजामति कर्मचारी संगठनका अध्यक्ष लोकनाथ मरासिनी, सम्मानित हरिलाल न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम युनियनका जिल्ला अध्यक्ष खिमलाल पाण्डेको अध्यक्षता, सदस्य सिता पोखरेलको स्वागत मन्तव्य एवं सचिव पिताम्वर पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग