Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ट्याक्टरको ठक्करबाट एक बृद्दको मृत्‍यु, चालक फरार

Published on 9:28:00 PM //


जनार्दन घिमिरे
गुल्मी २३ भदौ । गुल्मीको दरवार देवीस्थान गाविसमा लु २ त २८७ नम्वरको ट्याक्टरले ठक्कर दिँदा आज वेलुकी एक व्यक्तीको घटना स्थलमै मृत्यू भएको छ । यसरी मृत्यू हुनेमा गुल्मी विरवास गाविस ८ निवासी ७० वर्षीय धन वहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । तीजको अवशरमा छोरीलाई लिनकोलागि छोरीको घरमा जाँदै गरेको अवस्थामा दरवार देविस्थान २ स्थित ठुलाचौरमा उनलाई ट्याक्टरले ठक्कर दिएको थियो । वृद्धलाई ठक्कर दिने ट्याक्टर चालक भने अहिले फारार रहेको गुल्मीन्युजलाई जानकारी प्राप्त भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग