Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा उत्कृष्ट १० शिक्षक र छात्र छात्रा सम्मानित

Published on 12:09:00 AM //


पि.एम.मगर
गुल्मी, २३ भदौ । आज अन्तराष्ट्रिय साक्षारता दिवस तथा राष्ट्रिय शिक्षा दिवस गुल्मी लगायत देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ। गुल्मीमा पनि जिल्ला शिक्षा कार्यालयको आयोजनामा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । दिवसको अवसरमा जिल्ला शिक्षा कार्यालय गुल्मीले उत्कृष्ट बिद्यार्थी तथा  शिक्षक कमर्चारीहरुलाई सम्मान गरेको छ। अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा आज सदरमुकाम तम्घासमा जिल्ला शिक्षा कार्यालयले गरेको एक कार्यक्रमका बिच बिद्यार्थी तथा शिक्षक कर्मचारीलाई सम्मान गरिएको हो ।
कार्यलयले स्रोत केन्द्र स्तरिय निवन्ध प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका जनबोध उच्च माध्यमिक विद्यालय बम्घाका कपिल ज्ञवाली, द्वितिय भएका जनज्योति उच्च माध्यमिक विद्यालय रिमुवाका बिश्व दर्लामी र तृतिय भएका रेसुङ्गा माध्यमिक विद्यालय तम्घासका अनिसा थापालाई सम्मान गरेको छ। साथै गत बर्ष एस.एल.सी. परिक्षामा उत्कृष्ट अंक ल्याउने बिदार्थीहरुलाई पनि सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा सामुदायिक बिद्यालय तर्फ रिडी उच्च माध्यमिक विद्यालय रिडीका छात्र दिपक कुवर र छात्रा मनिषा घर्ति मगरलाई सम्मान गरिएको छ। संस्थागत बिद्यनलयतर्फ रेन्बो ईङलिस बोर्डिङ स्कुलका छात्र मिलन श्रेष्ठ, रेसुङ्गा ईङलिस बोर्डिङका अमृत अर्याल र चक्रेश्वर ईङलिस बोर्डिङ स्कुलका छात्रा सजता न्यौपाने पनि सम्मानित भएका छन् ।
त्यस्तै जिल्ला शिक्षा कार्यालय गुल्मीले जिल्लामा राम्रो शैक्षिक गुणस्तरमा सहयोग पु¥याउने शिक्षकहरुलाई पनि सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सुर्योदय उच्च माध्यमिक विद्यालयका खिम थापा, म्यालपोखरी माध्यमिक विद्यालयका घनश्याम भट्टराई, सिद्धबाबा उच्च माध्यमिक विद्यालयकी शान्ति नेपाली, सरस्वती उच्च माध्यमिक विद्यालयका छविलाल भण्डारी, रुरु संस्कृत उच्च माध्यमिक विद्यालयका कृष्णराज ज्ञवाली रहनु भएको छ । यसैगरी राष्ट्रिय माध्यमिक विद्यालयका रमेश ज्ञवाली, दर्मौखानी माध्यमिक विद्यालयका डिल्लिराज न्यौपाने, उदय उच्च माध्यमिक विद्यालयका भेषराज अर्याल, लितु मंगलास्थान निम्न माध्यमिक विद्यालयका झमबहादुर आले र भगवति माध्यमिक विद्यालयका नारायणप्रसाद घिमिरे रहनुभएको छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग