Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नयाँ नियम: श्रीमतिलाई घरको काममा मात्र लगाए श्रीमानले तलव दिनुपर्ने

Published on 8:22:00 PM //


नयाँदिल्ली । भारतमा घरायसी कामकाजमा संलग्न महिलाका लागि जागिर सरह तलब आउने भएको छ । भारतको केन्द्रीय महिला तथा बालबालिका मन्त्रालयले  तयार पारेको एउटा प्रस्ताव त्यहाँको क्याविनेटमा जाँदैछ, जुन प्रस्ताव पारित भए  श्रीमानले घरायसी काममा लगाउने श्रीमतीलाई तलव दिनुपर्दछ ।
भारतको ग्रामिण र शहरउन्मुख क्षेत्रमा विवाहपछि श्रीमतीलाई दैनिक घरायसी काममा लगाउने प्रचलन छ । यसरी काम लगाए वापत श्रीमानले आफ्नी श्रीमतीलाई मासिक तलव दिनुपर्ने व्यवस्था प्रस्तावमा छ ।
भारतको केन्द्रीय महिला तथा बाल विकास राज्यमन्त्रीका अनुसार प्रत्येक पुरुषले आफ्नो कमाइको केही हिस्सा आफ्ना श्रीमतीलाइ दिनुुपर्छ । उनका अनुसार सम्पुर्ण तयारी सकेपछि आगामि छ महिना भित्र उक्त प्रस्ताव कानुन बनाउन क्याविनेटबाट संसदमा पेस गरिने छ ।
भारतमा करिव ९० प्रतिशत महिलाले विवाहपछि घरपरिवारको काममा मात्र संलग्न हुने गरेको तथ्यांक छ । दैनिक घरायसी काम गरे पनि उनीहरुलाई माकिस आय प्राप्त हुँदैन ।
यसको गाम्भीरता त्यतीबेलामात्र देखिन्छ जब श्रीमानको मृत्यु हुन्छ या महिलाहरु पारपाचुके गर्छन्, उनीहरुसँग जीवनयापन गर्न आर्थिक समस्या पर्छ । यस्तो कानूनको सहायताले भारतीय महिलाको जीवनस्तरमा सुधार हुने तथा महिला सशक्तिकरणका लागि निकै ठुलो सफलता मिल्ने अपेक्षा गरिएको छ । -बिजमाण्डु

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग