Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्घटना भएको विमान चरासँग ठोक्किएको पुष्टि (दुर्घटनाको भिडियो सहित)

Published on 12:03:00 PM //


सीता एयरको आज बिहान दुर्घटना भएको विमान चरासँग ठोक्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले पुष्टि गरेको छ। विमानस्थलका महाप्रबन्धक रतिशचन्द्र लाल सुमनका अनुसार विमान चालक विजय तण्डुकारले एयर ट्राफिक कन्ट्रोलरलाई चरासँग ठोक्किएको जानकारी गराएका थिए।
सुमनका अनुसार सो डोर्नियर विमान बिहान ६ बजेर १७ मिनेटमा उडने क्रममा असामान्य maneouver देखिएपछि एयर ट्राफिक कन्ट्रोलरले चालकसँग जानकारी माग गर्दा चालक तण्डुकारले विमान चरासँग ठोक्किएको जानकारी गराएका थिए।

टावर र चालकबीचको यो कुराकानीको केही समयपछि नै विमान दुर्घटना भएको थियो। चालक दलका तीन सदस्यसहित सात नेपाली, सात बेलायती र पाँच चिनियाँ नागरिकको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।

दुर्घटनाको उद्धारका लागि खडा गरिएको उद्धार समन्वय केन्द्र पनि उद्धार सम्बन्धी सम्पूर्ण कार्य सकिएकोले बन्द गरिएको नागरिक उड्डयन कार्यालयले जनाएको छ।

(यो पनि पढ्नुहोस् ।)

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग