Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा चार वर्ष यता मानव वेचविखनका मुद्धा परेन

Published on 12:34:00 AM //


विष्णु पौडेल
गुल्मी, भदौ २० । मानव वेचविखन विरुद्धको छैठौँ राष्ट्रिय दिवस बुधवार विभिन्न सचेतनामुलक कार्यक्रम गरी गुल्मीमा पनि मनाईएको छ । मानव वेचविखन जस्तो निकृष्ट कामका विरुद्ध आवाज उठान यो वर्षको नारा "उठाऔँ सवैले जोडदार आवाज, वनाऔँ मानव वेचविखन मुक्त समाज" तय गरिएको छ ।
महिला तथा वालवालिका कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीले बुधवार जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सदरमुकाम तम्घासको रेसुङ्गा माध्यामिक विद्यालयमा विद्यार्थीहरुलाई मानव वेचविखन सम्वन्धि सचेतामुलक कार्यक्रम सञ्चालन गरिएको महिला विकास कार्यालयले जनाएको छ । त्यस्तै रुरु गाविस ६ स्थित रिडि वजार, सत्यवति उच्चमावि हँसरा, वामीटक्सार वजार र पृथ्वी उच्च मावि पुर्कोट दहमा मानव वेचनविखन विरुद्धका सचेतनामुलक कार्यक्रमहरु सम्पन्न भएका छन् ।
जिल्लाभर सम्पन्न भएका कार्यक्रममा स्थानीय स्तरका राजनितिक दलका प्रतिनिधी, टोल सुधार समितिका पदाधिकारी, नागरिक समाजका अगुवा, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको प्रहरीले जनाएको छ ।
प्रत्यक्ष देखिएका भन्दा लुकेका मानव वेचविखनका घटना गुल्मीमा धेरै भएको महिला विकास अधिकृत जमुना पौडेलले जानकारी दिनुभयो । महिला विकास कार्यालयको तत्थ्याङ्क अनुसार गत आर्थिक वर्षमा गुल्मी जिल्लावाट वेचविखनका लागी लैँजादै गरेको अवस्थामा ५ जनाको उद्धार गरिएको छ ।
गुल्मीमा घरेलु कामदारका रुपमा मानव वेचविखन हुने गरेको महिला विकास अधिकृत पौडेलले वताउनुभयो । तर जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार विगत ४ वर्ष यता जिल्लामा कुनै पनि मानव वेचविखनका उजुरी नपरेको तथ्याङक रहेको छ । प्रहरी नायब निरिक्षक रामप्रसाद पाण्डेयले दिएको जानकारी अनुसार तराईका जिल्लाहरुमा मानव वेचविखनका उजुरीहरु वढि हुने गरेपनि गुल्मीवाट वेचिने मान्छे समेत तराईका सिमावर्ति क्षेत्रहरुबाट उद्धार हुने भएकाले जिल्लामा मानव वेचन विखन सम्वन्धि कुनै पनि उजुरी परेका छैनन् । प्रहरीले मानव बेचबिखन रोकथामको लागी अत्यन्तै उत्कृष्ट काम गरेको दाबि गरेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग