Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा ९८ हजार बालबालिकालाई दादुरा–रुवेला खोप

Published on 3:06:00 AM //


अनिल खत्री

गुल्मी, भदौ ३० ।  गुल्मी जिल्लाभर असोज १ गतेदेखि दादुरा–रुवेला विरुद्धको खोप अभियान सुरु हुने भएको छ । दादुरा र रुवेला रोगवाट वँच्ने प्रमुख उपाय यस विरुद्धको खोप नै भएकाले सरकारले तिन चरणमा देशभरी दादुरा–रुवेला खोप अभियान सञ्चालन गरेको छ ।
पहिलो चरणमा सुदुरपश्चिमाञ्चल र मध्यपश्चिममाञ्चल विकास क्षेत्रका १५ जिल्लामा सञ्चालित अभियान दोस्रो चरणमा पश्चिमाञ्चल विकास क्षेत्रका १६ जिल्ला र पहिलो चरणमा छुटेका ९ गरी २५ जिल्लामा एकै साथ सञ्चालन हुने युनिसेफका खोप इन्चार्ज विष्णु पौडेलले जानकारी दिनुभयो । दादुरा विरुद्धको खोप अभियानका विषयमा सोमवार जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो जानकारी दिनुभएको हो ।
गुल्मी जिल्लाका ७९ वटै गाविसमा असोज १ गतेदेखि दादुरा विरुद्धको खोप अभियान सुरु हुनेछ । गुल्मी जिल्लामा यसपटक ९ महिनादेखि १५ वर्ष भित्रका ९८ हजार वालवालिकालाई दादुरा–रुवेला विरुद्धको दिने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । खोप केन्द्र प्रत्येक गाविसका प्रत्येक वडामा सञ्चालन हुने छन् । प्रत्येक विद्यालयमा खोप राखिने भएकाले अनिवार्य रुपमा नछुटिकन दादुरा–रुवेला विरुद्धको खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले आग्रह गरेको छ । दादुरा–रुवेला विरुद्धको खोप प्रत्येक गाविसमा ९ दिनसम्म सञ्चालन हुने र जिल्लाभर असोज महिनाभर सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यलय गुल्मीका प्रमुख डाक्टर हरि वहादुर केसीले जानकारी दिनुभयो । दादुरा विरुद्धको खोप लगाएपछि विभिन्न प्रकारका समस्या देखिने भ्रम भैलिएको दादुरा विरुद्धको खोप लगाउँदा कुनै असर नहुने जिल्ला स्वाथ्य कार्यलय गुल्मीका स्वाथ्य शिक्षा अधिकृत गोपाल खानाले जानकारी दिनुभयो । कारणले गर्दा विरामी भएपनि दादुराविरुद्धको खोप लगाएरै भन्ने सोचाई गलत भएको उहाँको भनाई छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग