Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले पौँदी र एमाओबादी २ नम्बर ईलाकाको बैठक सम्पन्न

Published on 9:35:00 PM //


प्रेम सुनार
गुल्मी, भदौ २० । नेकपा एमाले गुल्मीको पौँदीअमराई गाउँ कमिटी बैठक सम्पन्न भएको छ । बैठकले यही भदौ २२ गते सम्ममा संगठित सदस्यता नविकरण गर्ने , जनसंगठन निर्माणको लागि जिम्मेवारी तोक्ने तथा असोज १५ गते सम्ममा गाउँ अधिवेसन गर्नाको लागि आवस्यक सम्पूर्ण तैयारी पूरा गर्ने निर्णय गरेको छ ।

नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा त्यस १० नं इलाका इन्चार्ज हिरा एसीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो बैठकलाई सम्बोधन गर्दै एसीले देशको वर्तमान राजनीति परिस्थितिमा कार्यकर्तामा आएको नैरस्यतालाई नेतृत्व पंक्तिले चिरेर अगाडि बढ्नुपर्ने धारण राख्नुभएको थियो । “अब भाषणका जमाना गएको भन्दै एसीले आर्थिक समृद्धीको योजना बनाएर स्थानिय पार्टी कमिटि अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । बैठकमा अनेरास्ववियु गुल्मीका अध्यक्ष ओम कार्कीले पनि प्रशिक्षण मन्तव्य राख्नुभएको थियो ।
पौँदीअमराई एमालेको गढका रुपमा चिनिन्छ । बैठक नेकपा एमाले पौदी अमराई हिरा गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैबीच सो पार्टीको ह्वाङ्दी गाउँ कमिटीको बैठक पनि सम्पन्न भएको छ । त्यस बैठकमा पनि माथिकै निर्णय भएको जनाइएको छ । द्धन्द्धकालदेखि माओवादी अति प्रभावित उक्त गाविसमा नेकपा एमालेले पनि आफ्नो प्रभाव बढाउँदै जाने रणनीतिका साथ अगाडि बढ्न प्रमुख अतिथि एसीले निर्देशन दिनुभएको थियो ।
त्यसैगरी एकीकृत नेकपा माओवादी गुल्मीको २ नम्बर इलाका कमिटी बैठक पनि बडागाउँ गाविसको डाडाँथोकमा बुधबार सम्पन्न भएको छ । सो इलाका इन्चार्ज खुम बहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकले ४३ सदस्सीय २ नम्बर इलाका सम्मेलन समिती गठन गरेको छ । सो पाटीका जिल्ला सह इन्चार्ज निम बहादुर पाण्डेको प्रमुख आथित्यता रहेको बैठकमा राज्य सम्मेलन समिती सदस्य मनिराम ज्ञवाली लगायतका नेताहरुले कार्यकक्ताहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अथिती पाण्डेले बडागाउमा पछिललो चरण बिभिन्न पाटीबाट माओवादी पाटीमा प्रवेशको लहर चलेकोले नेतृत्व पंतिm थप जिम्मेवार भएर अगाडि बढ्नु पर्ने धारणा राखेका थिए । बैठकले सम्मेलनका लागि तयारीमा जुट्नका लागि कार्यकक्ताहरुलाई जिम्मेवारी बाड्फाड गरेको इलाका सम्मेलन समितीका सयोजक खुमबहादुर थापाले जानकारी दिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग